०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सशस्त्र प्रहरी बल नेपालका ३ जना एआईजीहरुको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०१, २०८२

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ।

यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै सशस्त्र प्रहरी बलभित्र विभागीय नेतृत्वको जिम्मेवारी पुनःव्यवस्थापन गरिएको हो। सरुवालाई संगठनको कार्यसम्पादन थप प्रभावकारी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!