०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

शरीरको छाला चिलाउने मुख्य कारणहरु चिलाउने समस्या रोक्न तत्काल गर्नुपर्ने उपायहरु

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष ०२, २०८२

काठमाडौं । छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र दैनिक काममा बाधा पुग्छ । मानसिक तनाव बढाउँछ।

यो सबैलाई हुने एक आम समस्या हो । केही समयका लागि हुने यस्तो समस्यालाई एक्युट भनिन्छ । यदि ६ हप्ता भन्दा बढी समयसम्म शरीरको कुनै एक भागमा चिलाइरहने समस्या भयो भने यसलाई ‘क्रोनिक प्रुराइटस’ भनिन्छ ।

किन चिलाउँछ छाला ?

छाला चिलाउने कारण अनेकौँ हुन्छन् । कतिपय अवस्थामा कुन कारणले चिलाएको छ भनेर यकीन गर्न नसकिने पनि हुन्छ । आम व्यक्तिमा देखिन समस्याका आधारमा यसका कारणहरूलाई चर्चा गर्नुपर्ने हुन्छ । यी कारणहरूलाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ: छाला सम्बन्धी, भित्री रोग सम्बन्धी र बाहिरी कारकहरू।

१. छाला सुक्खा हुनु

चिलाउनुका मुख्य कारणमध्ये एक हो, छाला सुक्खा हुनु । यो सबैभन्दा सामान्य कारण हो । जाडो मौसममा हावामा आद्रता कम हुने, तातो पानीले नुहाउने, उमेर बढ्दै जाँदा वा कम पानी पिउँदा छाला सुक्खा हुन्छ । नेपालको कुरा गर्नुपर्दा जाडोको यो समस्या बढी देखिन्छ । चिसो हावाले छालाको प्राकृतिक तेल कम गर्छ । छाला सुक्खा हुँदा फुट्ने र चिलाउने सम्भावना धेरै रहन्छ ।

२.एलर्जी

व्यक्ति विशेषका आधारमा विभिन्न कुराको एलर्जी हुनसक्छ । छालामा कुनै वस्तुले छुँदा, धुलो, परागकण, पाल्तु जनावरको रौं आदिको एलर्जीले पनि छाला चिलाउँछ । कसैकसैलाई साबुन, कुने कस्मेटिक सामग्री तथा कसैलाई कुनै प्रकारका लुगाको एलर्जी पनि हुन सक्छ । कसै-कसैमा कुनै खानेकुराको एलर्जी भएर उक्त खानेकुरा खाँदा चिलाउने समस्या पनि हुन्छ ।

कसैमा कुनै औषधि तथा एन्टिबायोटिक्सहरूको एलर्जीले पनि छाला चिलाउने हुनसक्छ ।

३.कीराहरूको टोकाइ
विशेष गरी अरूको रगत चुसेर बाँच्ने परजीवी कीराहरूले टोक्दा छाला धेरै चिलाउँछ । यो सबैलाई हुने समस्या हो । जुम्रा, उपियाँ, लामखुट्टे, उडुस, जुका आदिले टोक्दा उनीहरूले टोकेको भागमा धेरै चिलाउँछ । परजीवी बाहेकका कुनै-कुनै कीराले टोक्दा, वा हाम्रो शरीरमा उनीहरूले छुँदा नै पनि छाला चिलाउन सक्छ ।

४.छाला रोगहरू

छाला सम्बन्धी रोगका कारण पनि छाला चिलाउँछ । सबैभन्दा धेरै छाला चिलाउने समस्याका लागि कुख्यात रोग हो लुतो । शरीरको सरसफाइमा ध्यान नदिँदा लाग्ने लुतो चिलाउने समस्याको पर्याय नै बनेको छ । फंगल संक्रमण, दाद, खटिरा वा सोरायसिस, डर्मेटाइटिस जस्ता छाला सम्बन्धी रोगहरू चिलाउने कारण बन्छन् ।

५. भित्री रोगहरू

मिर्गौला फेल हुने, कलेजो रोग हुने बिरामीलाई पनि छाला चिलाउने समस्या हुन्छ । ती अंगले राम्रोसँग काम नगर्दा रगतमा भएका विकारहरूलाई छानेर बाहिर निकाल्न कम हुन्छ वा बन्द हुन्छ । यसले छाला चिलाउने समस्या हुन्छ । डायलाइसिस गर्नेमा ९० प्रतिशत र कलेजो रोगीमा ८० प्रतिशतलाई चिलाउने समस्या हुन्छ ।

मधुमेह, थाइराइड, रक्तअल्पता वा कुनै कुनै क्यान्सरका कारणले पनि शरीरका विभिन्न भागमा चिलाउन सक्छ ।

६.वातावरणीय कारण

वातावरणीय प्रभावका कारण पनि चिलाउने समस्या हुन्छ । वायु प्रदूषण, दूषित पानीको सम्पर्क, कुनै चिलाउने वनस्पति तथा वस्तुहरू छुँदा चिलाउने समस्या हुन्छ । गर्मी भएर पसिना आउँदा पसिनाकै कारण छाला चिलाउने समस्या हुन्छ । धेरै गर्मी वा धेरै चिसोका कारण पनि कसैकसैलाई छाला चिलाउने हुनसक्छ । कसैकसैलाई गर्भावस्थामा पनि छाला चिलाउने समस्या हुनसक्छ ।

खासमा छाला चिलाउने ?

छाला चिलाउने संवेदना छालाको नसाबाट सुरु हुन्छ। जब कुनै उत्तेजक वा एलर्जी गराउने कारकले हिस्टामाइन जस्ता रसायन निकाल्छ, यो सिग्नल मस्तिष्कमा पुग्छ । अनि हामीलाई चिलाएको महसुस हुन्छ । अनि हामीलाई कन्याउन मन लाग्छ । हामीले कन्याएपछि छालामा क्षति हुन्छ र केही राहत महसुस हुन्छ । कतिपय अवस्थामा जति कन्यायो झनझन् कन्याउन मन लाग्ने हुन्छ । य‍ो अवस्थालाई ‘इट्च-स्क्रयाच साइकल’ भनिन्छ । यो भनेको कन्याउने चिलाउने चक्र हो । यो चक्र निरन्तर चलेमा छाला बाक्लो हुने, दाग बस्ने र संक्रमित हुने जोखिम पनि रहन्छ ।

छाला चिलाउन नदिन के गर्ने ?

छाला चिलाउने समस्या पूर्ण रूपमा रोक्न सम्भव हुँदैन । तर हामीले छाला चिलाउने कारकहरूलाई ध्यान दिएर त्यसबाट बच्न सकेको खण्डमा छला चिलाएर दैनिक कामकाजमै असर गर्ने खालका समस्याबाट बच्न सक्छौँ । धेरैजसो अवस्थामा सरल उपायहरूले नै रोकथाम र नियन्त्रण गर्न सकिन्छ । मुख्य कुरा चिलाउने कारण पत्ता लगाउनु हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!