०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

शरीरको छाला चिलाउने मुख्य कारणहरु चिलाउने समस्या रोक्न तत्काल गर्नुपर्ने उपायहरु

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष ०२, २०८२

काठमाडौं । छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र दैनिक काममा बाधा पुग्छ । मानसिक तनाव बढाउँछ।

यो सबैलाई हुने एक आम समस्या हो । केही समयका लागि हुने यस्तो समस्यालाई एक्युट भनिन्छ । यदि ६ हप्ता भन्दा बढी समयसम्म शरीरको कुनै एक भागमा चिलाइरहने समस्या भयो भने यसलाई ‘क्रोनिक प्रुराइटस’ भनिन्छ ।

किन चिलाउँछ छाला ?

छाला चिलाउने कारण अनेकौँ हुन्छन् । कतिपय अवस्थामा कुन कारणले चिलाएको छ भनेर यकीन गर्न नसकिने पनि हुन्छ । आम व्यक्तिमा देखिन समस्याका आधारमा यसका कारणहरूलाई चर्चा गर्नुपर्ने हुन्छ । यी कारणहरूलाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ: छाला सम्बन्धी, भित्री रोग सम्बन्धी र बाहिरी कारकहरू।

१. छाला सुक्खा हुनु

चिलाउनुका मुख्य कारणमध्ये एक हो, छाला सुक्खा हुनु । यो सबैभन्दा सामान्य कारण हो । जाडो मौसममा हावामा आद्रता कम हुने, तातो पानीले नुहाउने, उमेर बढ्दै जाँदा वा कम पानी पिउँदा छाला सुक्खा हुन्छ । नेपालको कुरा गर्नुपर्दा जाडोको यो समस्या बढी देखिन्छ । चिसो हावाले छालाको प्राकृतिक तेल कम गर्छ । छाला सुक्खा हुँदा फुट्ने र चिलाउने सम्भावना धेरै रहन्छ ।

२.एलर्जी

व्यक्ति विशेषका आधारमा विभिन्न कुराको एलर्जी हुनसक्छ । छालामा कुनै वस्तुले छुँदा, धुलो, परागकण, पाल्तु जनावरको रौं आदिको एलर्जीले पनि छाला चिलाउँछ । कसैकसैलाई साबुन, कुने कस्मेटिक सामग्री तथा कसैलाई कुनै प्रकारका लुगाको एलर्जी पनि हुन सक्छ । कसै-कसैमा कुनै खानेकुराको एलर्जी भएर उक्त खानेकुरा खाँदा चिलाउने समस्या पनि हुन्छ ।

कसैमा कुनै औषधि तथा एन्टिबायोटिक्सहरूको एलर्जीले पनि छाला चिलाउने हुनसक्छ ।

३.कीराहरूको टोकाइ
विशेष गरी अरूको रगत चुसेर बाँच्ने परजीवी कीराहरूले टोक्दा छाला धेरै चिलाउँछ । यो सबैलाई हुने समस्या हो । जुम्रा, उपियाँ, लामखुट्टे, उडुस, जुका आदिले टोक्दा उनीहरूले टोकेको भागमा धेरै चिलाउँछ । परजीवी बाहेकका कुनै-कुनै कीराले टोक्दा, वा हाम्रो शरीरमा उनीहरूले छुँदा नै पनि छाला चिलाउन सक्छ ।

४.छाला रोगहरू

छाला सम्बन्धी रोगका कारण पनि छाला चिलाउँछ । सबैभन्दा धेरै छाला चिलाउने समस्याका लागि कुख्यात रोग हो लुतो । शरीरको सरसफाइमा ध्यान नदिँदा लाग्ने लुतो चिलाउने समस्याको पर्याय नै बनेको छ । फंगल संक्रमण, दाद, खटिरा वा सोरायसिस, डर्मेटाइटिस जस्ता छाला सम्बन्धी रोगहरू चिलाउने कारण बन्छन् ।

५. भित्री रोगहरू

मिर्गौला फेल हुने, कलेजो रोग हुने बिरामीलाई पनि छाला चिलाउने समस्या हुन्छ । ती अंगले राम्रोसँग काम नगर्दा रगतमा भएका विकारहरूलाई छानेर बाहिर निकाल्न कम हुन्छ वा बन्द हुन्छ । यसले छाला चिलाउने समस्या हुन्छ । डायलाइसिस गर्नेमा ९० प्रतिशत र कलेजो रोगीमा ८० प्रतिशतलाई चिलाउने समस्या हुन्छ ।

मधुमेह, थाइराइड, रक्तअल्पता वा कुनै कुनै क्यान्सरका कारणले पनि शरीरका विभिन्न भागमा चिलाउन सक्छ ।

६.वातावरणीय कारण

वातावरणीय प्रभावका कारण पनि चिलाउने समस्या हुन्छ । वायु प्रदूषण, दूषित पानीको सम्पर्क, कुनै चिलाउने वनस्पति तथा वस्तुहरू छुँदा चिलाउने समस्या हुन्छ । गर्मी भएर पसिना आउँदा पसिनाकै कारण छाला चिलाउने समस्या हुन्छ । धेरै गर्मी वा धेरै चिसोका कारण पनि कसैकसैलाई छाला चिलाउने हुनसक्छ । कसैकसैलाई गर्भावस्थामा पनि छाला चिलाउने समस्या हुनसक्छ ।

खासमा छाला चिलाउने ?

छाला चिलाउने संवेदना छालाको नसाबाट सुरु हुन्छ। जब कुनै उत्तेजक वा एलर्जी गराउने कारकले हिस्टामाइन जस्ता रसायन निकाल्छ, यो सिग्नल मस्तिष्कमा पुग्छ । अनि हामीलाई चिलाएको महसुस हुन्छ । अनि हामीलाई कन्याउन मन लाग्छ । हामीले कन्याएपछि छालामा क्षति हुन्छ र केही राहत महसुस हुन्छ । कतिपय अवस्थामा जति कन्यायो झनझन् कन्याउन मन लाग्ने हुन्छ । य‍ो अवस्थालाई ‘इट्च-स्क्रयाच साइकल’ भनिन्छ । यो भनेको कन्याउने चिलाउने चक्र हो । यो चक्र निरन्तर चलेमा छाला बाक्लो हुने, दाग बस्ने र संक्रमित हुने जोखिम पनि रहन्छ ।

छाला चिलाउन नदिन के गर्ने ?

छाला चिलाउने समस्या पूर्ण रूपमा रोक्न सम्भव हुँदैन । तर हामीले छाला चिलाउने कारकहरूलाई ध्यान दिएर त्यसबाट बच्न सकेको खण्डमा छला चिलाएर दैनिक कामकाजमै असर गर्ने खालका समस्याबाट बच्न सक्छौँ । धेरैजसो अवस्थामा सरल उपायहरूले नै रोकथाम र नियन्त्रण गर्न सकिन्छ । मुख्य कुरा चिलाउने कारण पत्ता लगाउनु हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!