१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

रवि लामिछाने आज न छुट्ने शुक्रबार छुट्ने रुपन्देही अदालत जाने तयारीमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ०३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ । सोही अनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लागु औषध (ब्राउन सुगर) सहित दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घोराही-१५४ / बाट ललित राज कुवर क्षेत्री लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ। साथै उनको साथबाट नगद रु. र मोबाइल […]

  काठमाडौं । नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त हुनुभएका डा. मनोज कुमार के.सी.ज्यूले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा औपचारिक रूपमा स्वागत, पदबहाली तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नुभएको छ। मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहनुभएका डा. के.सी.लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम सोही दिनदेखि लागू […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]