०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

हात्तीलाई जिउँदै आगो लगाउने ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ०३, २०८२

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ।

प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा राखी घटनाको थप अनुसन्धान गर्न समय मागिएको छ ।

वन्यजन्तु अधिकारीहरूले बताएअनुसार जनावरलाई आगो लगाउनु अघि पहिले गोली हानिएको थियो र घाइते बनाइएको थियो । आक्रमणबाट घाइते भएका हात्तीलाई बचाउने पशु चिकित्सा सर्जनहरूको प्रयास असफल भएको थियो।

श्रीलङ्कामा हात्तीलाई पवित्र मानिन्छ र यहाँको कानूनद्वारा उनीहरूको संरक्षणका लागि स्पष्ट निर्देशन गरेको छ तर किसान र दुर्गम गाउँका बासिन्दाहरूले कहिलेकाँही बाली नष्ट गर्ने जङ्गली हात्तीहरूलाई आक्रमण गर्ने गरेका घटना सार्वजनिक हुनेगरेका छन् ।

श्रीलङ्काको कानुनअनुसार संरक्षित हात्तीको चोरी सिकारी गर्ने जोकोहीलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ, तर देशले सन् १९७६ देखि मृत्युदण्ड दिएको छैन र मृत्युदण्डको सजाय स्वतः आजीवन कारावासमा परिणत हुन्छ ।

पछिल्लो पाँच वर्षमा बढ्दो मानव हात्ती द्वन्द्वका कारण वर्षेनी ४०० हात्ती र २०० जनाको ज्यान जाने गरेको छ।

श्रीलङ्कामा अनुमानित सात हजार जङ्गली हात्तीहरू छन्, जसलाई बौद्ध संस्कृतिमा उनीहरूको महत्त्वका कारण राष्ट्रिय सम्पत्तिको रूपमा लिइन्छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

error: Content is protected !!