०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

राप्तीका विद्यालयहरूमा लागूऔंषध दुर्व्यशनी तथा ट्राफिक सचेतना फैलाउने राप्ती प्रेस मञ्चको निर्णय,

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, पुष ०४, २०८२

दाङ । भालुवाङ दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे साझा संगठन राप्ती प्रेस मञ्चको मासिक नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ ।

अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले मुख्यतया ४ वटा प्रस्तावहरुमाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरेको छ । राप्ती प्रेस मञ्चले बढ्‌दो लागूऔषध प्रयोग, सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागूऔषध, ट्राफिक तथा साइबर सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।

अभियानको राप्ती गाउँपालिका-७, छोट्‌की सिसहनियाँस्थित सरस्वती आधारभूत विद्यालयबाट सुरुवात गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले एमसिए नेपालले पूर्व-पश्चिम राजमार्ग अन्तरगत धानखोला – लमही सडक खण्ड २ लेन बनाउने विषयमा नागरिक स्तरबाट उठेको विरोध प्रति मञ्चले ऐक्यबद्धता जनाउने भएको छ ।
साथै उक्त सडक खण्डलाई ४ वा ६ लेन बनाउन सम्बन्धित निकाय तथा नेपाल सरकार‌लाई नै दवाव दिन प्रेस विज्ञप्ती जारी गर्ने, मुख्यमन्त्री तथा मन्त्री परिषद्‌को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र नागरिक सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

श्रमजीवी पत्रकारहरुको सिप विकासका लागि सञ्चारकर्मीहरूलाई १ दिने ग्राफिक डिजाइन तथा भिडियो सम्पादन तालिम संचालन गर्ने निर्णय गर्ने, स्वास्थ्य रिपोर्टिङका लागि राप्ती गाउँपालिकाका सम्पूर्ण संचारकर्मीहरुलाई लक्षित गरि स्वास्थ्य पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पाैडेल, विदुर एमसी, किरण जिसी, मोतीराम भट्टराई, पत्रकारहरू सन्तोष थापा र ललित कुमालको विशेष उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

error: Content is protected !!