०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

स्पा र होटलबाट बालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा ५ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ।

पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्।

नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।

सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन् ।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो ।

प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती बालिकाको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताए।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

error: Content is protected !!