०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

अहिले निकै चर्चामा रहेको हिन्दी फिल्म ‘धुरन्धर’मा कारण दर्शकको ध्यान बाँध्न असफल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य कति बीभत्स देखिन्छ होला ?

अहिले चर्चामा रहेको हिन्दी फिल्म ‘धुरन्धर’मा यस्ता थुप्रै दृश्य छन् । जहाँ मानिस कहिले गोलीको छर्राजसरी टुक्रिन्छन् त कहिले प्रेसर कुकर पड्केजसरी पड्किन्छन् । इँट्टाले किरा मारेझैं मान्छे मारेको दृश्य त कति-कति ! तर, निर्देशक आदित्य धरले ती दृश्यलाई निकै बीभत्स ढंगले देखाएका छन् । कति दृश्य त हेर्नै नसकिने पनि छन् ।

फिल्मको सबैभन्दा बिझाउने पाटो नै यही हो । हुन त बलिउडले यस किसिमको फिल्म नबनाएका होइनन् । तर, रणवीर कपुरको ‘एनिमल’पछि एक्सन विधामा यसरी हिंसात्मक दृश्य कसले बढी देखाउने भन्ने होडबाजी चलेको देखिन्छ । त्यसैको निरन्तरता हो रनवीर सिंह अभिनित ‘धुरन्धर’ पनि । जहाँ यस किसिमको हिंसात्मक दृश्यलाई अतिरञ्जनासहित देखाइएको छ ।

फिल्ममा यस्तो दृश्य देखाउन मिल्दैन भन्ने होइन । तर त्यसैलाई पनि सिर्जनशील र कलाका माध्यमबाट देखाउने शक्ति फिल्ममा हुन्छ । तर, निर्देशक अदित्यले कलाको त्यो सौन्दर्यलाई छोएका छैन । हिंसाका दृश्यलाई अतिरञ्जना गर्दा पनि यो फिल्म साँढे तीन घण्टामा लम्बिएको छ । निर्देशकले यस्ता एक्सन दृश्यको अतिरञ्जनामा भन्दा फिल्मको कथा, पात्रहरुको स्थापना र कथाको अवतरणमा ध्यान पुर्‍याइदिएको भए फिल्मले दर्शकको ध्यान बाँध्ने थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

error: Content is protected !!