०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

अहिले निकै चर्चामा रहेको हिन्दी फिल्म ‘धुरन्धर’मा कारण दर्शकको ध्यान बाँध्न असफल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष ०४, २०८२

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य कति बीभत्स देखिन्छ होला ?

अहिले चर्चामा रहेको हिन्दी फिल्म ‘धुरन्धर’मा यस्ता थुप्रै दृश्य छन् । जहाँ मानिस कहिले गोलीको छर्राजसरी टुक्रिन्छन् त कहिले प्रेसर कुकर पड्केजसरी पड्किन्छन् । इँट्टाले किरा मारेझैं मान्छे मारेको दृश्य त कति-कति ! तर, निर्देशक आदित्य धरले ती दृश्यलाई निकै बीभत्स ढंगले देखाएका छन् । कति दृश्य त हेर्नै नसकिने पनि छन् ।

फिल्मको सबैभन्दा बिझाउने पाटो नै यही हो । हुन त बलिउडले यस किसिमको फिल्म नबनाएका होइनन् । तर, रणवीर कपुरको ‘एनिमल’पछि एक्सन विधामा यसरी हिंसात्मक दृश्य कसले बढी देखाउने भन्ने होडबाजी चलेको देखिन्छ । त्यसैको निरन्तरता हो रनवीर सिंह अभिनित ‘धुरन्धर’ पनि । जहाँ यस किसिमको हिंसात्मक दृश्यलाई अतिरञ्जनासहित देखाइएको छ ।

फिल्ममा यस्तो दृश्य देखाउन मिल्दैन भन्ने होइन । तर त्यसैलाई पनि सिर्जनशील र कलाका माध्यमबाट देखाउने शक्ति फिल्ममा हुन्छ । तर, निर्देशक अदित्यले कलाको त्यो सौन्दर्यलाई छोएका छैन । हिंसाका दृश्यलाई अतिरञ्जना गर्दा पनि यो फिल्म साँढे तीन घण्टामा लम्बिएको छ । निर्देशकले यस्ता एक्सन दृश्यको अतिरञ्जनामा भन्दा फिल्मको कथा, पात्रहरुको स्थापना र कथाको अवतरणमा ध्यान पुर्‍याइदिएको भए फिल्मले दर्शकको ध्यान बाँध्ने थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

error: Content is protected !!