काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई दिएको दुई हात्ती के गर्दै होलान् त्यसो लागेको हो भने यी फोटोहरु हेर्नुस्- यी एआईबाट बनाइएका होइनन्। कतारको अनलाइनमा प्रकाशित फोटोहरु हुन्। कतारको ‘अल खोर फेमिली पार्क एन्डु जू’ मा राखिएका यी दुईवटै हात्ती चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् ।
२०८१ वैशाखमा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुई वटा हात्ती उपहार दिने भनेर नेपाल सरकारले गरेको घोषणा गत बुधबार कार्गो विमानमा कतार पठाएर कार्यान्वयन गरिएको हो।