२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ३ लाख १६ हजार बराबरका अवैध सामान बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०७, २०८२

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा पुस ५ र ६ गते भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ३ लाख १६ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका छन्।

सिद्धार्थनगर-१ बसपार्कबाट १ लाख ६ हजार मूल्यका लेदर ज्याकेट र मोटरसाइकलका पार्टपुर्जा, तिलोत्तमा-९ मंगलापुरबाट १० हजार बराबरका खाद्यान्न सामग्री तथा रोहिणी-२ पिप्रहियाबाट १ लाख ४ हजार मूल्यको ओल्ड मंक मदिरा र युपी ५६ बी ९५९२ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिइएको छ । बरामद गरिएका सबै सामग्रीहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]