२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दूध चिया खाली पेटमा पिउँदा रोग लाग्ने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष ०९, २०८२

काठमाडौं । प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ ।

तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्छ कि गर्दैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ । खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया कति मात्रामा पिउँदा असर गर्दैन ? लगायत विषयमा पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

दूध मात्र खाँदा त समस्या हुँदैन ? तर त्यही दूधमा चिया मिश्रण गरेर पिउँदा किन पेटमा समस्या हुन्छ ?

बिहानको समयमा हाम्रो पेट खाली हुन्छ । खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।

खाली पेट लामो समय बस्दा ग्यास्ट्रिकको समस्या हुन्छ ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो । समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।

आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]