०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

महिला वकिलमाथि अदालत परिसरमै दुर्व्यवहार कारबाहीको माग निवेदन दर्ता

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १३, २०८२

धादिङ । जिल्ला अदालतमा विचाराधीन एक जालसाजी मुद्दाको सुनुवाइका क्रममा विपक्षी पक्षका कानुन व्यवसायीबाट इजलासभित्र र अदालत परिसरमै अभद्र व्यवहार, धम्की तथा लैंगीक अपमान भएको आरोपसहित एक अधिवक्ताले छानबिन र कारबाहीको माग गर्दै नेपाल कानुन व्यवसायी परिषद्मा निवेदन दर्ता गराएकी छन्।

निवेदन अनुसार, मुद्धा नम्बर ०८२-०४-०००२ को जालसाजी मुद्दामा बादीको तर्फबाट कानुन व्यवसायी नियुक्त भएकी अधिवक्ता तोला कुमारी पाठकले प्रतिवादी पक्षका अधिवक्ता गुणराज आचार्यबाट पेशागत आचारसंहिता उल्लङ्घन हुने गरी निरन्तर धम्की, अपशब्द र होच्याउने व्यवहार भोग्नुपरेको दाबी गरेकी छन्। सो मुद्दा धादिङ जिल्ला अदालतमा विचाराधीन छ।

निवेदनमा उल्लेख भएअनुसार, उक्त मुद्दाको विषयवस्तु रहेको जग्गामा विपक्षी पक्षका अधिवक्ताको व्यक्तिगत तथा पारिवारिक स्वार्थ गाँसिएको आसंका गरिएको छ। निवेदकले २०८२ साउन २८ गते अदालत परिसरमै आफूलाई मुद्दा फिर्ता लिन दबाब दिइएको, नमान्दा धम्की तथा लैंगीक अपमानजनक शब्द प्रयोग गरिएको आरोप लगाएकी छन्। त्यसैगरी, २०८२ पुस ८ गते प्रमाण बुझ्ने क्रममा इजलास बाहिर र इजलासभित्र समेत अपशब्द, धम्की र दुर्व्यवहार भएको र उक्त व्यवहारका कारण आफू इजलासबाट भावनात्मक अवस्थामै फर्किनुपरेको निवेदनमा उल्लेख छ।

निवेदकका अनुसार, यस प्रकारका क्रियाकलापले कानुन व्यवसायीको पेशागत मर्यादा र आचारसंहिताको उल्लङ्घन भएको छ। उनले कानुन व्यवसायीको पेशागत आचरण सम्बन्धी नियमावली, २०७९ का सम्बन्धित प्रावधानविरुद्ध कार्य भएको उल्लेख गर्दै निष्पक्ष छानबिन र शीघ्र कारबाहीको माग गरेकी छन्।

निवेदनसँगै २०८२ पुस ८ गतेको इजलासभित्रको सीसी क्यामेरा फुटेज प्रमाणका रूपमा संलग्न गरिएको छ। साथै, घटनाका साक्षी रहेका अदालतका कर्मचारी तथा प्रत्यक्षदर्शीहरूबाट पनि बुझ्न माग गरिएको छ।

उक्त निवेदनमा आरोपित अधिवक्ताले आफू नेपाल बार एशोसिएसनसँग पूर्वसम्बद्ध रहेको दाबी गर्दै दबाब र धम्की दिएको उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

error: Content is protected !!