०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बाँकेमा कुहिरो र अत्यधिक शितलहरसँगै चिसो बढेपछि जनजीवन कष्टकर बन्दै,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १५, २०८२

बाँके । नेपालगन्ज बिहानैदेखि शितलहरसँगै चिसो हावा चल्दा सर्वसाधारण घरभित्रै बस्न बाध्य भएका छन् ।

पछिल्ला छ दिनदेखि घाम नलाग्दा चिसो झन् बढेको छ । थरथर कपाउने जाडोले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने कामदारहरूलाई बढी समस्या परेको छ । हुस्सुका कारण दिउँसो पनि सडकमा सवारी साधनको आवागमन कम भएको छ । ट्राफिक प्रहरीले हुस्सु लागेका बेला दिउँसोसमेत बत्ती बालेर सवारी चलाउन चालकहरूलाई अनुरोध गरेको छ ।

चिसो बढेसँगै बाँकेका अस्पतालमा रुघा, खोकी, दम, ज्वरो र निमोनियाका बिरामीको संख्या पनि बढ्दै गएको अस्पतालहरूले जनाएका छन् । भेरी अस्पतालका वरिष्ठ फिजिशियन डाक्टर. राजन पाण्डेले अहिले अस्पतालमा दमका बिरामी बढी आउने गरेको जानकारी दिए ।

जाडोयाम सुरु भएसँगै विभिन्न श्वासप्रश्वास तथा ज्वरोसम्बन्धी बिरामीको संख्या बढ्दै गएको उनले बताए । डाक्टर पाण्डेले दीर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै न्यानो कपडा लगाउन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिए । साथै बन्द कोठाभित्र कोइलाको आगो वा हिटर प्रयोग नगर्नसमेत चेतावनी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चिसोबाट बच्ने उपायका विषयमा विपद् पूर्वतयारी समितिको बैठक बसिरहेको जानकारी दिए । उनले अगो ताप्न आवश्यक दाउरा उपलब्ध गराउन डिभिजन वन कार्यालय बाँकेलाई पत्राचार गरिएको र सबै स्थानीय तहलाई पनि नागरिकका लागि आगो ताप्ने व्यवस्था मिलाउन आग्रह गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!