०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

हनीट्रयाप फिरौती असुलेर विनोदको हत्यामा संलग्न ३ जनालाई जन्मकैद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १५, २०८२

काभ्रेपलाञ्चोक । ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् ।

घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैद फैसला भएको हो ।

सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनीहरूलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

कार्कीका अनुसार रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन् ।

जन्मकैद सजायँ पाएकाहरुबाट २–२ लाख रुपैयाँका दरले पीडितलाई भराउन पनि अदालतले भनेको छ । उनीहरुबाट जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।

यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौंको शंकरापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार छन् ।

अपहरणपछि हत्या

काठमाडौं कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समूहले २०८१ असोज ५ गते राति अपहरण गरी फिरौती रकम असुलेर हत्या गरेका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतले भारतीय र नेपाली नागरिकसँग मिलेर कीर्तिपुरका विनोदको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मनिषा, अंशु, शिवम, सरिन र रिकेशले फिरौतीको योजना बनाएर विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाएर सुरुमा रक्सी खुवाएका थिए । त्यसपछि हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गरेका थिए । सुरुमा ३० लाख रुपियाँ फिरौती माग गरिएको थियो । पछि मनिषाले नै १० लाख भए हुने भन्न थालिन् ।

विनोदले भने आफूसँग त्यति पैसा नभएकाले पाँच लाख दिन तयार रहेको बताए । आफ्नोमा काम गर्ने कर्मचारीलाई फोन गरी पाँच लाख रुपियाँ लिई भक्तपुर राधेराधेमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि बोलाएर अपहरणमा संलग्न टोलीका सदस्यलाई रकम बुझाउन लगाएका थिए ।

फिरौती रकम लिइसकेपछि पोल खुल्ने डरले असोज ५ गते राति कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

हात, खुट्टामा डोरीले बाँधी, भक्तपुरको गुण्डुमा लगेर छातीलगायत संवेदनशील अंगमा इँट्टाले हानी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । हत्यापछि शवलाई उनीहरुले पाँचखाल–८ स्थित ४९ किलोमा लगेर फालेका थिए ।

विनोदको हत्यापछि असोज ६ गते अंशुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अंशुकी दिदी रोशनी महतलाई ५० हजार गरी एक लाख ८० हजार रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकै क्रममा मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेको खुलेको थियो ।

भारतमा पनि लुटपाटमा संलग्न

अंशु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेको पाइएको अनुसन्धानमा संलगन एक अधिकृतले बताए ।

भारतबाट नेपाल फर्किएपछि पनि धनी व्यक्तिलाई ‘हनी ट्र्याप’मा पार्ने र रकम लुट्ने काममा उनी संलग्न भएको पाइएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!