०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

ओखलढुंगा प्रहरीको ठुलो सफलता श्रृखलाबद्ध रुपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २१, २०८२

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको ठुलो सफलता दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरी सामुहिक रुपमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई हिजो रातमाटेबाट पक्राउ गरेको हो ।४ जनाको समूहले गत पुस १५ गते राति ८ बजे ओखलढुङ्गा चिशन्खुगढी गाउँपालिका-६, भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल संञ्चालन गरी बसेका ६० वर्षीय शोभितमान थापा मगर र उनको ६० वर्षीय श्रीमती रत्नमाया थापा मगरको हत्या गरेका थिए ।

दुवै जनाको कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो । हत्यापछि गोठमा लगेर स्याउलाले छोपेर, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेर उनीहरु फरार भएका थिए ।

उक्त घटनापछि केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त प्रहरी अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरुले यसअघि ३ महिना अघि नै अर्को हत्या गरेको खुल्न आयो ।

गत असोज २६ गते राति २ बजे ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खुमा खेति किसानी गरी बस्ने ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवाल (कार्की)को हत्या गरेका थिए ।कार्कीलाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी विभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको घटना समेतमा संलग्न रहेको खुल्न आएको ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए ।


उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो १ थान, रत्न कुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाइएको रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू बरामद गरिएको छ। उनीहरुमाथि आवश्यक थप अनुसन्धान कार्य जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मदन केसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!