०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

प्रदेश नम्बर पाँचमा राष्ट्रियसभा सदस्यको निर्वाचन सुरु

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(एबिसी संचार)
दाङ माघ ९ प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ। मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने गरि व्यवस्था मिलाइएको छ ।
मतदानका लागि मतपत्र ल्याउनेदेखि मतदानस्थलमा मतदानका लागि लाइन निर्माण, मतपेटिका राख्नेलगायतका सम्पूर्ण तयारी पुरा भइसकेको र अबको केही बेरमै मतदान प्रक्रिया सुरु हुने देवकोटाले जानकारी दिए। बिहीबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ।
निर्वाचनका लागि १६ जना कर्मचारी खटाइएको उनले बताए। निर्वाचनमा मतदानका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका मन्त्री, सांसदलगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरू दाङ आइसकेका छन्।
नौ जनाको उम्मेदवारी
प्रदेश ५ मा नौं जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्र्टीबाट तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जसमा नेकपाबाट अपाङ्ग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन्। त्यस्तै समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चा पार्टीबाट अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभा सदस्य ८७ जना र १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेका छन्। प्रदेश ५ मा कुल ३ सय ५ जना मतदाताले राष्ट्रियसभा सदस्य चुन्न मतदान गर्ने अधिकार पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]