२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

प्रदेश नम्बर पाँचमा राष्ट्रियसभा सदस्यको निर्वाचन सुरु

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(एबिसी संचार)
दाङ माघ ९ प्रदेश नं. ५ मा राष्ट्रियसभा सदस्य निर्वाचन सुरु भएको छ । निर्वाचनको लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ। मतदानका लागि ‘क’ र ‘ख’ गरी दुईवटा मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुशील देवकोटाले जानकारी दिए। ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गर्ने गरि व्यवस्था मिलाइएको छ ।
मतदानका लागि मतपत्र ल्याउनेदेखि मतदानस्थलमा मतदानका लागि लाइन निर्माण, मतपेटिका राख्नेलगायतका सम्पूर्ण तयारी पुरा भइसकेको र अबको केही बेरमै मतदान प्रक्रिया सुरु हुने देवकोटाले जानकारी दिए। बिहीबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ।
निर्वाचनका लागि १६ जना कर्मचारी खटाइएको उनले बताए। निर्वाचनमा मतदानका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका मन्त्री, सांसदलगायत स्थानीय तहका प्रमुख र उपप्रमुखहरू दाङ आइसकेका छन्।
नौ जनाको उम्मेदवारी
प्रदेश ५ मा नौं जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्र्टीबाट तीन–तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जसमा नेकपाबाट अपाङ्ग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन्। त्यस्तै समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चा पार्टीबाट अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभा सदस्य ८७ जना र १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेका छन्। प्रदेश ५ मा कुल ३ सय ५ जना मतदाताले राष्ट्रियसभा सदस्य चुन्न मतदान गर्ने अधिकार पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

मकवानपुर । हेटौंडा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभर सुरक्षा निकाय निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन केन्द्रित छन्। विशेषगरी नेपाल प्रहरी का प्रदेश प्रमुखदेखि जिल्ला तहका प्रहरी प्रमुखसम्म चुनावी सुरक्षा रणनीतिमा व्यस्त देखिन्छन्। तर यही व्यस्तताको मौका छोप्दै गाईगोरू तस्कर समूह भने फेरि सक्रिय भएको […]

कैलाली । धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी […]

error: Content is protected !!