२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लोक गायक रेउले र गायिका रानामगरले लालमटिया महोत्सवमा धुम मच्चाए, सोमबार बसन्त लम्साल र सम्झना रनपाल कलाकारहरु आउने

Logo
बिदुर एमसी प्रकाशित आइतबार, पुष २७, २०८२

दाङ । भालुवाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेल मैदानमा पुष २५ गतेदेखि सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव सञ्चालन भएको छ । महोत्सवको तेस्रो दिन आइतबारका दिन चर्चित तथा लोकप्रिय गायक कृष्ण रेउले र गायिका अनु रानामगरले दर्शकहरुलाई आफ्ना गीतहरुमा नचाएर मनग्ये मनोरञ्जन दिएका छन् ।

गायक रेउले गित गाउनुमा जति खप्पिस छन्, दर्शकहरुलाई हँसाउनमा उत्तिकै चर्चित बनेका छन् । उनी जहाँसुकैको महोत्सवमा जाउन्, त्यहाँका दर्शक – श्रोता धित मरुञ्जेल हाँस्न पाउँछन् । आफ्नो सांगीतिक प्रस्तुतिसँगै कार्यक्रम सञ्चालक, अतिथि र दर्शकलाई पेट मिचिमिचि हँसाउन सफलता प्राप्त गरेका छन् । रेउलेको प्रस्तुतिले नहाँस्ने दर्शक – श्रोता कमै होलान् शायद ।

राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आयोजना गरेको महोत्सवमा गायक रेउलेले थुप्रै गीत मार्फत दर्शक र अतिथिहरुलाई नचाउन सफल भए । आज गाउँमा बिजुली चम्क्यो, झ्याउरे लगायतका गित गाउँदै दर्शकलाई मनोरञ्जन दिएका थिए ।

महोत्सवमा लोक दोहोरी गायिका अनु रानामगरले पनि दर्शकहरुलाई उत्तिकै नचाएकी थिइन् । उनले नौतुनाको रेल पुग्यो बम्बई, छम्मछ्मी नाच्ने हो जस्ता गीत गाएर उपस्थित जनमानसमा मनोरञ्जन प्रदान गरेकी थिइन् ।

एलिसा डान्स ग्रुप सहित स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

त्यसैगरी महोत्सवको चौथो दिन पुस २८ गते, सोमबारका लागि गायक बसन्त लम्साल, गायिका सम्झना रनपाल लगायतका कलाकारहरू आउने आयोजकले बताएको छ । उनीहरुसँगै महोत्सवमा गायक तथा उद्घोषक राजेश भण्डारी र साथमा एलिसा डान्स ग्रुपको पनि प्रस्तुति रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]