२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

घोराही महोत्सवमा रंग मिसाएको म्याद गुज्रीएको सामाग्रीहरु नस्ट गर्दै

Logo
सागर थापा प्रकाशित मंगलबार, पुष २९, २०८२

दाङ । घोराही मगर संघ घोराहीद्वारा घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित गोरखा टोलमा पौष २५ गतेदेखि सन्चालनमा ल्याइएको ” दोश्रो सान्स्कृतिक तथा पर्यटन महोत्सव २०८२” मा घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले त्यहा रहेका विभिन्न ब्याबसायिक स्टलहरु खास गरि खाद्य सम्बन्धि व्यवसायहरुको अनुगमन निरीक्षण गरि देखिएका कमिकमजोरीहरुलाई सुधार्न आबश्यक निर्देशन दिएको छ । सो अनुगमन घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, राजस्व व्यवस्थापन शाखा, जिल्ला प्रशासन कार्यालय , नेपाल पत्रकार महासंघ , वडा प्रहरी कार्यालय, घोराही नगर प्रहरी लगायतका विभिन्न नियमनकारी निकायहरुको उपस्थितिमा भएको हो । अनुगमनका क्रममा चाट पसलहरुले चाट तथा पानीपुरीमा रङ्ग मिसाएको मसला प्रयोग गरेको भेटिएको र केही म्याद गुज्रीएको चाउमिनका प्याकेटहरु भेटिएकाले ती सामाग्रीहरु नियन्त्रणमा लिइ नस्ट गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]