२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने, निर्वाचन आयोग,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ ०४, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उहाँले बताउनुभयो । आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । हेटौंडा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभर सुरक्षा निकाय निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन केन्द्रित छन्। विशेषगरी नेपाल प्रहरी का प्रदेश प्रमुखदेखि जिल्ला तहका प्रहरी प्रमुखसम्म चुनावी सुरक्षा रणनीतिमा व्यस्त देखिन्छन्। तर यही व्यस्तताको मौका छोप्दै गाईगोरू तस्कर समूह भने फेरि सक्रिय भएको […]

कैलाली । धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी […]

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका […]

error: Content is protected !!