०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०८, २०८२

बर्दिया । चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो ।

बुधवार बेलुका तोरी काटिरहेको अवस्थामा चितुवाले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । अरु किसानहरू पनि खेतमा भए पनि एक्लै आफ्नो खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूले बताए ।

पछिल्लो समय बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउन यता पाँच जनाको चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!