०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

१६ जनाले रक्तदान र दर्जन धेरै बचतकर्तालाई सम्मान गर्दै देउखुरीमा हरियाली सहकारीको बीसौं वार्षिकोत्सव सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, माघ ०८, २०८२

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ ।

आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ ।

त्यसैगरी,नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस अवसरमा १६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा एक दर्जन भन्दा धेरैजना उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी संस्थाहरू उपभोगमुखी क्रियाकलापमा भन्दापनि उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन् ।

सोही अवसरमा अध्यक्ष विष्टले सहकारीका सदस्यहरूलाई कृषि, पशुपालन, तरकारी खेती तथा अन्य उत्पादनशील क्षेत्रमा सरिक हुन अनुरोध गरे । सहकारीबाट नै यस्ता क्षेत्रमा लगानी विस्तार गर्नसके स्थानीय अर्थतन्त्र मजबुत हुनेमा अध्यक्ष बिष्टको विश्वास रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष विष्टले हरियाली सहकारी संस्थालाई देउखुरी क्षेत्रकै एउटा गतिलो र अब्बल सहकारी संस्थाहरुमध्ये एक भएको भन्दै खुलेर सराहना गरे । हरियाली सहकारी संस्थाले शुरुदेखी नै पारदर्शिता, अनुशासन कायम राख्दै बचतकर्तामुखी सेवा प्रवाहमा उदाहरणीय काम गरेको अध्यक्ष बिष्टले बताए ।

केही सहकारी संस्थाहरूमा देखापरेका आर्थिक अनियमितताकाे दु:खद प्रसङ्ग उदृत गर्दै शेयर सदस्यहरू सचेत र चनाखो हुनुपर्नेमा प्रमुख अतिथि बिष्टले सुझाव दिए । सहकारीको वास्तविक मालिक भनेका बचतकर्ता सदस्य आफैं भएकाले संस्थाको गतिविधि, आर्थिक कारोबार तथा निर्णय प्रक्रियामा निरन्तर खबरदारी गर्नुपर्ने आवश्यक रहेको उनको आशय थियो ।

लुम्बिनी प्रदेश सरकारकाे सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारीको दिगो विकासका लागि सुशासन, प्रविधि र उत्पादनमूलक लगानी आवश्यक रहेको उल्लेख गरे । पोख्रेलले सहकारीलाई विश्वासयोग्य र उत्तरदायी संस्थाका रूपमा विकास गर्न सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

हरियाली सहकारी संस्थाका अध्यक्ष रेशम बहादुर थापाको अध्यक्षता एवं राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शिवध्वज मल्ल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका व्यवस्थापक उमेश चौधरीले कार्यक्रममा संस्थाको आर्थिक तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उपाध्यक्ष निमबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राधा पाण्डेले गरेकी थिइन् । कार्यक्रमलाई बोझिलो र पट्यारलाग्दो हुन नदिन बीच – बीचमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!