११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दाङको लमहीमा श्रीमानले रिसको झोकमा श्रीमतीलाई आगोले हाने पछी

Logo
प्रकाशित शनिबार, माघ ११, २०७६

(बिदुर एमसी)
दाङ माघ ११ दाङमा आफ्नै श्रीमतीको मलद्वारमा श्रीमानले आगाेकाे अगुल्टो काेचिदिएका छन् । घरायसी विवादले लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षिय मेगबहादुर सार्कीले आफ्नै श्रीमती ५० वर्षिय साेदि खत्री सार्किकाे मलद्वारमा आगाेकाे अगुल्टो काेचिदिएकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
श्रीमतीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि राप्ती विज्ञान प्रतिष्ठान घाेराही रिफर गरिएको प्रहरी निरिक्षक थपलियाले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थपलियाका अनुसार बेलुकी ५ बजे श्रीमानले श्रीमतीको हात बाधेर मलद्वारमा आगाेकाे अगुल्टो काेचिदिएका थिए ।
घटना पछि छाेरीले उपचारको लागि आमालाइ लमही अस्पतालमा ल्याएपछि बल्ल घटना बाहिरीएकाे थियोे । श्रीमान् मेगबहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!