१८ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
×

दाङ प्रहरीले १३ जना फरार प्रतिवादी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ १२, २०८२

दाङ । १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा फैसला भई फरार रहेका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको हो ।

माघ १ गते देखि १० गतेसम्म १० दिनको अवधिमा १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन खोजतलास गर्ने क्रममा फरार प्रतिवादीहरू पक्राउ परेका हुन् । प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट १ लाख ८७ हजार ४ सय २८ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ३ वर्ष ८ महिना २ दिन कैद सजाय तोकिएको डिएसपी शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत घोराही, दाङमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]

  पाल्पा । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र क्षतविक्षत बनेको छ। वर्षासँगै माथिबाट आएको बराङ्दी खोलाले रानीमहल क्षेत्रमा रहेका अस्थायी होटल व्यवसाय लगायतका संरचना र स्याङ्जा जाने सडकमा ठूलो क्षति पुर्‍याएको छ। अहिले रानीमहल क्षेत्रमा बगर तथा बालुवा थुप्रिएको छ। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले सडक तथा अन्य पर्यटकीय […]

  काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिना कैद छुट पाउने भएका छन्। जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो। कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार […]