१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

उम्मेदवारका निम्ति सुरक्षा ‘अत्यावश्यक’ हुने ठहर गरेमा दिइने कसले पाउने, कसले नपाउने ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ १४, २०८२

काठमाडौं । गृह प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सबै उम्मेदवारले पीएसओ नपाउने स्थितिमा पनि प्रत्येक उम्मेदवारका गतिविधि र उनीहरू रहेको ठाउँको सुरक्षा निगरानीमा सुरक्षा निकाय रहने छन् । यद्यपि, जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणका आधारमा केही उम्मेदवारका निम्ति सुरक्षा ‘अत्यावश्यक’ हुने ठहर गरेमा दिइने उनले बताए ।

गृह मन्त्रालयले निर्वाचनलाई लक्षित गर्दै बनाएको जिल्लागत सुरक्षा योजनामा यो विषय समेटिएको प्रवक्ता काफ्ले बताउँछन् ।

‘कतिपय उम्मेदवारले आफैँ आफूमाथिको सुरक्षा चुनौती बताउनुहुन्छ, कतिपय अवस्थामा को बढी सुरक्षा चुनौतीमा छ भन्ने कुराको अध्ययन र विश्लेषण जिल्ला सुरक्षा समिति आफैँले गर्छ’, उनले भने, ‘आम जनतालाई नै सुरक्षा दिनुपर्ने राज्यले ती जनताको प्रतिनिधित्व गर्छु भनेर उम्मेदवार बनेका नागरिकलाई सुरक्षा नदिने त झन् कुरै भएन ।’ यद्यपि, प्रत्येक उम्मेदवारलाई सुरक्षा दिन सम्भव नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्ले बताउँछन् ।

‘मुख्य कुरा उम्मेदवारहरु सुरक्षित हुनुपर्छ, त्यसका लागि पीएसओ दिएर वा नदिएर पनि प्रहरीले काम गरिरहेको हुन्छ’, उनले भने । जिल्ला सुरक्षा समितिमा प्रहरी प्रतिनिधित्व हुने कारण पीएसओ कसलाई दिने र कसलाई नदिने भन्ने कुराको ठहर त्यहीँ गरिने उनी बताउँछन् ।

यसबाहेक गृह मन्त्रालयले गरेको सुरक्षा विश्लेषणका आधारमा प्रहरीले निर्वाचनअगावै पीएसओ दिइएका विशिष्ट व्यक्ति पीएसओ निर्वाचनका समयमा पनि कायमै हुन्छन् ।
उनीहरू जहाँ जहाँ गए पनि ती पीएसओलाई साथमा लैजान पाउँछन् । यदि साथमा नलगेमा सम्बन्धित जिल्लाबाट पीएसओ लिन सक्छन् । त्यसका लागि जिल्ला सुरक्षा समितिले अलग्गै निर्णय गर्नुपर्दैन ।

जिल्ला सुरक्षा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुन्छन् । उक्त समितिमा नेपाली सेना, प्रहरी, अनुसन्धान विभाग र सशस्त्रका जिल्लास्थित प्रमुख सदस्य रहन्छन् । सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समितिका सदस्य सचिव हुने व्यवस्था छ ।

पीएसओ पाइने मापदण्ड र दर्जा

प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका प्रायःलाई पीएसओ दिइने भएको छ । त्यसअनुसार उम्मेदवारको विगतको राजकीय हैसियतका आधारमा वरिष्ठ सईदेखि हवल्दार दर्जासम्मका प्रहरी पीएसओका रूपमा खटिने भएका छन् ।

‘प्रमुख राजनीतिक दल’ को परिभाषाभित्र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई बुझ्नुपर्ने गृह मन्त्रालय स्रोतले बतायो । त्यसबाहेक विभिन्न कारणले सुरक्षा समस्यामा रहेका उम्मेदवारले माग गरेमा उनीहरूको माग कति विश्वसनीय र जरुरी छ भन्ने अध्ययनपछि पीएसओ दिने नीति गृहले विभिन्न जिल्लाका हकमा तोकेको छ ।

कतिपय उम्मेदवारलाई सुरक्षाको कुनै समस्या नहुने, तर अरुलाई देखाउनकै लागि पीएसओ माग गर्ने प्रवृत्ति छ । त्यसरी सुरक्षा जनशक्तिलाई अनावश्यक रुपमा खटाउने कार्यलाई कडाइँका साथ नियन्त्रण गरिने मन्त्रालयस्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!