१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

पुलिसले पत्रकारमाथि अभद्र व्यवहार गऱ्यो भनेर धेरै टिकाटिप्पणी भइरहेको सन्दर्भमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ १८, २०८२

पुलिसले पत्रकारमाथि अभद्र व्यवहार गऱ्यो
भनेर धेरै टिकाटिप्पणी भइरहेको सन्दर्भमा,

काठमाडौं । प्रहरीको तर्फबाट पनि केही पक्षहरू बुझ्न जरुरी छ भन्ने लागेर यो कुरा यहाँ राखेको हुँ। ड्युटीमा खटिएका प्रहरीहरू माथिल्लो तहबाट अत्यधिक प्रेसरमा काम गरिरहेका हुन्छन् । तर यो दबाब र परिस्थिति ड्युटीमा खटिएका प्रहरीप्रति आम रूपमा बुझिदिँदैन ।

आजभोलि ‘पत्रकार’ भनेर चिनिन पनि गाह्रो भएको अवस्था छ । न प्रेस कार्ड हुन्छ, न माइक — साधारण युट्युबरजस्तै मोबाइल बोकेर भिडभाडमा भिडियो खिच्ने, सुरक्षाको हिसाबले बाटो नछेक्न अनुरोध गर्दा उल्टै जङ्गिने अवस्था सिर्जना हुने गरेको देखिन्छ ।

सुरक्षामा खटिएका प्रहरीले “बाटो नछेक्नुहोस्” भनेर भनेको कुरा सुरक्षा व्यवस्थापनकै लागि हो । सुरक्षामा खटिएको प्रहरीलाई आफ्नो ड्युटी गर्न दिनुपर्छ ।

यस्ता अवस्थामा प्रहरी र भिडबीच धकेलाधकेल हुनु स्वाभाविक हुन्छ, जसलाई तुरुन्तै ‘अभद्र व्यवहार’ भनेर बुझ्नु आवश्यक छैन । त्यो प्रहरीको दायित्व र जिम्मेवारीभित्र पर्ने कार्य हो ।

त्यसैले घटनालाई एकपक्षीय रूपमा मात्र नहेरी, दुवै पक्षको अवस्था र जिम्मेवारी बुझेर निष्कर्ष निकाल्नु सबैका लागि उचित हुनेछ ।

धन्यवाद। 🙏
#NepalPolice #journalist

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!