१८ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
×

दाङमा लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस औपचारिक समारोह आयोजना गरेर मनायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ २१, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो ।

मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।‘यो प्रदेश संवेदनशील पनि छ । राम्रो पनि छ । कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा छ,’उहाँले भन्नुभयो,‘हामीले लुम्बिनी प्रदेशलाई फरक ढंगले चलाउनुपर्छ । तीन–चार वटा कुरा समस्या पनि छन् र तीन–चार वटा कुरामा प्रतिस्पर्धा पनि छ । मिलाउन सक्यौं भने धेरै राम्रो प्रदेश बन्न सक्छ ।’

सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै उहाँले इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गर्नुभयो । उहाँले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।‘खेतको फाँट जोगाउनुपर्छ । मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ,’ उहाँले भन्नुभयो,‘धान फल्ने फाँट जोगायौं भने कोही भोकै बस्नुपर्दैन ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताउनुभयो । संघीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उहाँको भनाइ छ ।‘आज संघीयताका कारण प्रदेश स्थापना भयो । प्रदेशले गरेका कामहरूको अनुभूति नागरिकहरूले गर्न पाउनुभएको छ,’उहाँले भन्नुभयो,‘आज केही भएन, प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक प्रदेशमा भएको खर्चहरूको विवरण हेरेर मात्रै मूल्यांकन गर्न अनुरोध गर्दछु । गलत भाष्य खडा गर्ने काम नगरियोस् ।’

प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उहाँले स्पष्ट पार्नुभयो । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको जानकारी दिनुभयो ।‘अहिले सुशासन र पारदर्शिताको कुरा बढी उठाइएको छ । प्रदेश सरकारले पहिल्यै यस क्षेत्रमा कानुनी आधार तयार पारेर काम गरिसकेको छ,’उहाँले भन्नुभयो,‘प्रदेशको काम र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छौं ।’

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताउनुभयो । उहाँले ऐन र कानुन निर्माण गरेर प्रदेशलाई यो अवस्थासम्म ल्याउन सफल भएको बताउनुभयो ।‘कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ । कार्यान्वयन तहमा पनि त्यसैगरी अघि बढिरहेको छ,’उहाँले भन्नुभयो,‘अब हामी जनतासँग जोडिएका कानुनहरू बनाउने गरी भूमिका बढाइरहेका छौं ।’
पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताउनुभयो । समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन पूर्वाधार तथा मानवीय श्रमशक्तिको विकास अनिवार्य रहेको उहाँको भनाइ छ । ‘लुम्बिनीलाई समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन कृषि र पर्यटनलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो,‘समृद्धिको कामलाई अघि बढाउन सुशासन चाहिन्छ । त्यस दिशामा प्रदेशले कामको गति बढाउन जरुरी छ ।’

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सभाका उपसचिव लोकमणि पाण्डेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध कानुनी लडाइँमा उत्रिने भएका छन्। उनी सरकारको निर्णयलाई चुनौती दिँदै आज बुधबार दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सरकारको […]

  पाल्पा । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र क्षतविक्षत बनेको छ। वर्षासँगै माथिबाट आएको बराङ्दी खोलाले रानीमहल क्षेत्रमा रहेका अस्थायी होटल व्यवसाय लगायतका संरचना र स्याङ्जा जाने सडकमा ठूलो क्षति पुर्‍याएको छ। अहिले रानीमहल क्षेत्रमा बगर तथा बालुवा थुप्रिएको छ। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले सडक तथा अन्य पर्यटकीय […]

  काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिना कैद छुट पाउने भएका छन्। जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो। कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार […]