२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

निर्वाचन सुरक्षाका लागि भारतले नेपाली सेनालाई ५० वटा सवारीसाधन सहयोग गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २६, २०८२

रुपन्देही । भैरहवा नाकाबाट नेपाल भित्रिएका छन्। भैरहवा भन्सार कार्यालयका अनुसार ती सवारी साधन भारतको जब्बलपुरबाट ल्याइएका टाटा कम्पनीका २०२५ मोडेलका मिनी ट्रक हुन्। करिब ३० करोड रुपैयाँ मूल्य बराबरका ती गाडी नेपाल सरकारको निर्णयअनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सरकार र नेपाल सरकारबीचको आपसी समझदारीअनुसार भारतीय सेनामार्फत नेपाली सेनालाई ती गाडी सहयोग गरिएको जनाइएको छ। भन्सार कागजातअनुसार गाडीको मूल्य १८ करोड ४२ लाख ८८ हजार ४ सय ७० भारतीय रुपैयाँ उल्लेख गरिएको छ। भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले अर्थ मन्त्रालयको राजश्व छुटसम्बन्धी निर्णयसहितको पत्रका आधारमा गाडीहरू भन्सार छुटमा भित्रिएको जानकारी दिए। उनका अनुसार ७.५ टन क्षमताका २० वटा र २.५ टन क्षमताका ३० वटा गरी दुई प्रकारका मिनी ट्रक आएका छन्। नेपाली सेनाका उच्च अधिकारीसहितको टोलीको उपस्थितिमा भन्सार जाँचपास प्रक्रिया सम्पन्न गरी ती गाडीहरू सुरक्षासहित भैरहवाबाट काठमाडौंतर्फ लगिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले निर्वाचन प्रयोजनार्थ नेपाल–भारत आपसी सहकार्यअनुसार सवारी साधन प्राप्त भएको पुष्टि गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । वीरगञ्ज–१० आदर्शनगरमा सोमबार बिहान ट्रान्सपोर्टको गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१० आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्स नामक गोदाममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि ७ प्रदेशमा ७ एआईजीलाई खटाएको छ । कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाहलाई खटाइएको छ भने गण्डकीमा डा. मनोज केसीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लुम्बिनीमा उमाप्रसाद चर्तुेवेदीलाई खटाइँदा कर्णालीमा सुशिलसिंह राठौरलाई खटाइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा हिमालय कुमार श्रेष्ठलाई खटाइएको छ […]

रुपन्देही । भैरहवा नाकाबाट नेपाल भित्रिएका छन्। भैरहवा भन्सार कार्यालयका अनुसार ती सवारी साधन भारतको जब्बलपुरबाट ल्याइएका टाटा कम्पनीका २०२५ मोडेलका मिनी ट्रक हुन्। करिब ३० करोड रुपैयाँ मूल्य बराबरका ती गाडी नेपाल सरकारको निर्णयअनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सरकार र नेपाल सरकारबीचको […]

error: Content is protected !!