काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि ७ प्रदेशमा ७ एआईजीलाई खटाएको छ । कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाहलाई खटाइएको छ भने गण्डकीमा डा. मनोज केसीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लुम्बिनीमा उमाप्रसाद चर्तुेवेदीलाई खटाइँदा कर्णालीमा सुशिलसिंह राठौरलाई खटाइएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा हिमालय कुमार श्रेष्ठलाई खटाइएको छ ।