३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

बिरगंजमा छापा हान्न पुगेको सशस्त्र प्रहरीमाथि आक्रमण घटनामा संलग्न ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २६, २०८२

पर्सा । वीरगञ्ज–१० आदर्शनगरमा सोमबार बिहान ट्रान्सपोर्टको गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज–१० आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्स नामक गोदाममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीले सोमबार बिहान छापा मारेको थियो ।

छापाका क्रममा भन्सार राजश्व छली गरी भित्र्याइएको करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गोदाममा खानतलासी गर्ने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यवसायी र उनका कर्मचारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोड समेत भएको बताइएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार आदर्शनगरस्थित जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!