१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

झापा भ्रमण सम्पन्न गरी पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगे,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, फाल्गुण ०१, २०८२

काठमाडौं । पुर्व राजाको आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। स्वागतका लागि विभिन्न समूहका समर्थकहरू विमानस्थल क्षेत्रमा भेला भएका हुन्।

उक्त अवसरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता कमल थापा लगायत पनि उपस्थित रहेको जनाइएको छ।

यसअघि प्रशासनले विमानस्थल क्षेत्रमा निषेध आदेश जारी गरेको थियो। तथापि, आगमनसँगै भीड व्यवस्थापन चुनौतीपूर्ण बनेपछि सुरक्षा सतर्कता उच्च पारिएको छ। विमानस्थल आसपास र प्रमुख मार्गहरूमा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन्। हालसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको केसीले बताइन्। […]

error: Content is protected !!