२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

१९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

भावना हमाल
माघ १२, दैलेख । १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मले विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेको छ । सरस्वती बृद्धाश्रम र सदरमुकामका विभिन्न मन्दिरको हातामा सरसफाई गरेको हो । सशस्त्र प्रहरी बल नेपालको दैलेखस्थित गुल्मका इञ्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराई लगायतको टोलीले उक्त कार्यक्रम गरेको हो ।
२०५७ माघ ९ गते स्थापना भएको शस्त्र प्रहरीले विपदको व्यवस्थापन, राजमार्ग सुरक्षा, अतिविशिष्ट महानुभावको सुरक्षा लगायतका शान्ति सुरक्षाको काम गरिरहेको छ । उक्त कामका लागि देशभर सशस्त्र प्रहरी बल नेपालको ३७ हजार जनशक्ति परिचालन भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!