२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

च्यात्तिएको पालमुनी पाँचवर्ष अघिका बाढिपिडित ,अझै पाएनन राहत

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

सुर्खेत, १२, माघ । कर्णाली प्रदेशको राजधानि विरेन्द्रनगरबाट करिब आधा घण्टा हिडेपछि पुगिन्छ पश्चिम ब्रहाताल गाउपालिका–२ गिरिघाटमा सिरसिरे बतास खोलाको छेउमै बाढिपीडित बस्ति छ । घना जङगलको विचमा रहेको बस्तबस्तिको कठयाङिग्रदो जाडोमा छन् पीडितहरु ।
ब्रहाताल गाउँपालिका–२ गिरिघाटका विस्थापित बाढिपिडितहरु अहिलेपनि च्यातिएको पालमुनि रात विताउन बाध्य छन् । २०७१ साउन २९ गतेको बाढिपहिरोले ठूलो धनजनको क्षति भएपछि अहिलेउनीहरु ब्रहाताल गाउँपालिका २ गिरिघाटमा बसिरहेका छन् ।
पुरानो च्यातिएको प्वाँल परेको पालमुनि रात विताउन बाध्य छौं, राति सुतेको बेला ओछयानमै सित खस्छ, ओड्ने, ओछयाउने कपडा पनि छैन चिसोले निकै कठ्याङ्ग्रिनु परेको रुपलाल विकले बताए । उनले भने ‘सितका थोपाहरु तप तप शरिरमा पर्छ, राति निन्द्रा नै लाग्दैन कसरी सुत्नु पानीमा सरकार पीडित परिवारबाट बेपत्ता छ ।’’
देशमा सरकार भएको अनुभुति गर्न नपाएको बाढी पीडितको गुनासो छ । पेट पाल्नकै लागि र छोराछोरिलालाई कापी, कलम बनाउनलाई भएपनि गिट्टी कुटेर गुजारा चलाईरहेको स्थानिय ६७ वर्षिय कौशिला नेपाली बताउँछिन ।
उनीहरुले गिरीघाट कुरेको पाँच वर्ष पुगेको छ । नेताहरु भोट माग्दा सबै गरिदिन्छौं भने चुनाव जितेर गएपछि नाकमुखै देखाएनन्, संघ, प्रदेश, स्थानिय सरकार बाढीपीडितको सरकार होईन रहेछ भन्ने लागेको नेपालीको भनाई छ ।
अहिले त्यहाँ रानीघाट, थापाडेरा, सिस्नेरी, डोक्काबाट विस्थापित भई करिब दुईसय घरधुरी गिरीघाटमा चिसो खाईरहेका छन् । उनका परिवारहरु धुुवाँ र धुलो खाँदै सडक छेउमा महिलाहरु गिट्टी कुटेर गुजारा चलाईरहेका छन् । गिरीघाटमा बसेका बाढीपीडितले २०७१ श्रावण २९ गतेको बाढी पहिरोमा कसैले आफन्त र प्रायले आफन्त धन सम्मपति गुमाएका छन ।
चिसोका कारण उनीहरुका बालबच्चा र वृद्धवृद्धाहरु दिनप्रतिदिन विरामी पर्दै गएका छन् । पहिले पहिले विभिन्न संस्थाहरुले सहयोग गर्थे, अहिले संस्थाले पनि सहयोग गर्न छोडेपछि जङगली जनावरको त्रासमा भोकभोकै बाँचिरहेको विस्थापित विष्णु नेपालीले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!