२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

छोरीलाई दाइजो होइन शिक्षा दिनुपर्छ राजपा नेता: यादव

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

(एबिसी संचार)
सिरहा माघ १२ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं संघीय सांसद राजकिशोर यादवले समाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् ।
सिरहाको मिर्चैयास्थित मोहन उमाविको प्रांगनमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले समाजमा छोरीमाथिको फरक नजरिया अझ कायमै रहेको भन्दै यसलाई बदल्न समाज नसच्चिएर नहुने धारणा राखे ।
नेता यादवले समाज र घरघरबाट महिला हिंसाको अन्त्यका लागि छोरीलाई दाइजो नभई शिक्षा दिइनुपर्ने बताए । उनले भने, ‘छोरीलाई दाइजो दिनैपर्ने मानसिकता बदलौं, यो घोर अपराध हो, छोरीलाई शिक्षा दिऔं, तबमात्र समाजिक रुपान्तरण सम्भव छ, यो जिम्मेवारी सबैमा बोध हुनुपर्छ ।’
मुलुर र समाजको समग्र विकासको मुल आधार नारी सशक्तिकरण रहेको बताउँदै उनले समाजमा परिवर्तनको लागि महिला सशक्तिकरण आवश्यक रहेको बताए । ‘मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो, जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ, शिक्षाले महिलालाई एउटा ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ, साथमा आत्म निर्भर बनाउने र आफ्नो जीवनस्तरलाई सहज अनि सुविस्ता बनाउन सहयोग गर्छ, त्यसैले अब यसतर्फ अगाडि बढौं’, उनले भने ।
नेता यादवले जगत जननी माता सिता, लक्षमी र सरस्वतीको प्रसंग जोड्दै यहाँको संस्कार र संस्कृति आफैंमा ऐतिहासिक रहेको भन्दै यसको रक्षाको लागि सबैले जिम्मेवारी बहन गर्नुपर्ने तर्क गरे । उनले प्रदेश २ सरकारले नारी हितको लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेकोप्रति प्रदेश सरकारलाई धन्यवादसमेत दिए ।
यस्तै, मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले समाज बदल्नको लागि सरकार लागिपरेको बताउँदै यसमा स्थानीय तहबाट आफूहरु थप मलजल गरेर अघि बढिरहेको बताए । उनले नगरमा शिक्षाको स्तर उकास्न अहोरात्र प्रयासमा रहेको जनाए ।
प्रदेश २ सरकारको महात्वाकांक्षी योजनामध्ये एक ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत मोहन उमाविमा आइतबार झोला एवं सेनेटरी प्याड वितरण गरिएको छ । सो विद्यालयमा कक्षा ७ मा अध्ययनरत एकसय ८ जना छात्राहरुलाई झोला तथा सिरहाका विभिन्न पाँच विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सांसद राजकिशोर यादव, मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण यादव, प्रदेश सांसद दिलीप साह, शिक्षा निर्देशनालय प्रदेश २ का प्रमुख लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!