३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि बाँकेमा ५ हजार सुरक्षाकर्मीहरु परिचालन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण ११, २०८२

बाँके । नेपालगञ्ज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा पाँच हजार भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । जिल्ला सुरक्षा समिति बाँकेले दिएको जानकारी अनुसार बाँके जिल्ला भारतसँग सीमाना जोडिएको हुँदा अतिनै संवेदनशील जिल्ला मानिएकोले यहाँको निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि नेपाली सेनासहित पाँच हजार ५५३ सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

उनले निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरीका एक हजार ५००, सशस्त्र प्रहरीका एक हजार, नेपाली सेनाका ५५३ तथा दुई हजार ५०० जना निर्वाचन प्रहरी खटाइएको जानकारी दिए ।

परिचालन गरिएको सुरक्षाकर्मीको संयुक्त टोली वा छुट्टा छुट्टै टोलीले विभिन्न स्थानमा निर्वाचन सुरक्षा लक्षित गस्ती र सुचना सङ्कलनसँगै स्थानीयसँग भेटघाट गर्ने कार्यसमेत सुरु गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अङ्गुर जिसीले निर्वाचनका लागि जिल्लामा आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा समन्वय कार्य पूरा भइसकेको बताए । उनले खुला सिमानासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरूसँग बैठक गरेर निर्वाचनमा समन्वय र सहकार्य गर्ने निर्णय समेत गरिसकिएको बताए ।

उता, जिल्ला निर्वाचन कार्यालय बाँकेले निर्वाचनका तयारीहरू अन्तिम चरणमा पुगेको जनाउँदै व्यवस्थापनका कामहरू तिव्र गतिमा भइरहेको जनाएको छ । सो कार्यालयका प्रमुख टेकबहादुर शाहीले सोही क्रममा अहिले निर्वाचनमा खटिने ८०६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिने कार्य भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!