१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

दाङ जिल्ला प्रहरीद्वारा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू धमाधम कारबाहीमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

 

दाङ । घोराही स्थानीयवासीबाट प्राप्त जनगुनासोका आधारमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष चेकजाँच गरिएको छ।

चेकजाँचका क्रममा सवारीको स्वरूप परिवर्तन गरी अनावश्यक तथा अत्यधिक चर्को आवाज निकाल्दै सञ्चालन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी छाडिएको छ।

सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुन विपरीत भएको हुँदा यस्ता गतिविधिमा संलग्न नहुन सम्पूर्ण सवारी चालक महानुभावहरू तथा स्वरूप परिवर्तन गरिदिने ग्यारेज/वर्कशप सञ्चालकहरूलाई समेत जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही स्थानीयवासीबाट प्राप्त जनगुनासोका आधारमा जिल्लाका विभिन्न स्थानहरूमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सवारीको स्वरूप परिवर्तन गरी अनावश्यक तथा अत्यधिक चर्को आवाज निकाल्दै सञ्चालन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरी छाडिएको छ। सवारी साधनको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्य कानुन […]

एउटी आमाको आँसु–भिजेको अन्तिम पुकार प्रधानमन्त्री गृहमन्त्री प्रहरी महानिरीक्षक बिन्तिपत्र प्युठान । आज सिंगो देश पीडामा छ। चारैतिर दुःख र शोकका खबर छन्। हरेक नेपालीको मन छियाछिया भएको यो घडीमा म पनि आफ्ना दुई नानीहरूको भविष्य काखमा च्यापेर तपाईंहरूसमक्ष उभिएकी छु। म देवा जि.सी.—राष्ट्रसेवामा आफ्नो जीवन समर्पण गर्नुभएका स्वर्गीय श्री विष्णुबहादुर जि.सी.की श्रीमती हुँ। मेरो […]

  बाँके । नेपालगन्ज जिल्ला बाँके,नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझा चोक स्थित नेपालगञ्ज-कोहलपुर सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, बाँकेको सहकार्यमा सार्वजनिक सवारी साधनका […]