२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी निरीक्षक रोकायको सक्रियतामा लाखौं मुल्यको अबैध समानहरु पक्राउ

Logo
प्रकाशित सोमबार, माघ १३, २०७६

(सागर थापा/महेन्द्र सिंह)
धनुषा माघ १३ ईलाका प्रहरी कार्यालय खजुरीले ठुलो परिमाणमा अबैध समानहरु बरामद गरेको छ।
आइतबार ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोर्कायको कमान्डको प्रहरी टोलीले खजुरीको सुनसान बाटोमा गुडिरहेको टेक्टरमा लुकाइराखेको बिशेष गोप्य सूचना पाए पछी प्रहरी टोली पुगेर चेकजाँच गर्ने क्रममा कुखुराको दाना चामल पिठो सुर्तीजन्य पान कपडा सर्फ साबुन लगाएत धेरै समानहरु बरामद गरेको खजुरी प्रहरी निरीक्षक रोकायका अनुसार उक्त समानहरु भारतबाट अबैध रूपमा ल्याएर राखिएको हो। उक्त समानको मूल्य बजार भाउ अनुसार ३ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ।
अहिले समान र टेक्टरलाई ईलाका प्रहरी कार्यालय खजुरीमा राखिएको छ । प्रहरी निरीक्षक रोकाय खजुरी आएदेखि थुप्रै सराहनीय कार्य गर्दै आइरहेका छन् ।
खजुरीको शान्ति सुरक्षा लगायत अबैध चोरीपैठारीका बस्तुहरु बरामद गर्दै आउँदा अहिले उनकै सक्रियतामा यति ठुलो परिमाणमा अबैध समानहरु बरामद हुनु उनको ठुलो सफलता भएको छ। खजुरी प्रहरी निरीक्षक रोकायको कामको चो तर्फी चर्चा चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!