१८ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

रोजगारीमा भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न नेपाल फर्कने क्रम बढ्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १७, २०८२

बाँके । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली मताधिकार प्रयोग गर्न स्वदेश फर्कने क्रम बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली अहिले ठुलो सङ्ख्यामा बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

अहिले नेपालबाट भारततर्फ जानेभन्दा भारतबाट नेपाल फर्किने नेपालीको सङ्ख्या बढेको जानकारी इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक किरण मल्लले दिए । उनले निर्वाचनमा सहभागिता जनाउनकै लागि अहिले यो नाका भएर स्वदेश फर्किने नेपालीको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार अहिले दैनिक पाँच सयदेखि हजारको सङ्ख्यामा नेपाली फर्किरहेका छन् ।

उनले स्वदेश फर्किने व्यक्तिको सहज आवागमनका लागि आवश्यक समन्वय र व्यवस्थापन गरिएको बताए । नाकामा भेटिएका अधिकांश नेपालीले निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएको बताएका छन् ।

स्वदेश फर्किएका दैलेख नौमुलेका नरेश थापाले मतदानका लागि बिदा लिएर फर्किएको जनाउँदै देशलाई सक्षम, इमानदार तथा जनताका पक्षमा काम गर्ने नेतृत्व आवश्यक रहेको बताए । उनले भने, “देशमै रोजगारी सिर्जना गर्ने र युवालाई बिदेसिनु नपर्ने वातावरण बनाउने नेतृत्व चाहिन्छ, हामी सबैको जोड यसैमा छ ।” सुर्खेत छिन्चुका सुरेश खड्काले आफ्नो क्षेत्रका युवाका लागि केही गर्न सक्ने उम्मेदवार जिताउने आशा लिएर यस पटक फर्किएको बताए ।

जाजरकोट ढिमे घर भएका भीमबहादुर सिंह पनि आफ्ना छ जना साथीसँगै स्वदेश फर्किएका छन् । कामका लागि भारतको हिमाचल प्रदेशको रामपुर पुगेका उनले पनि निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताए । सिंहले भने, “अब निर्वाचन परिवर्तन र देश बनाउनका लागि हुनु पर्छ, भ्रष्टाचार र ढिलासुस्तीलाई अब छुट दिनुहुँदैन । मतदान गर्दा पनि यी कुरालाई ध्यान दिनै पर्छ ।”

जमुनाहा नाकामा भेटिएका भारतबाट फर्किएका अधिकांश नेपालीले नेपालीलाई स्वदेशमै गरिखाने वातावरण बनाउने र कसैलाई काखा कसैलाई पाखा नगर्ने उम्मेदवार तथा दललाई जिताउनुपर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन क्षेत्र नै तोकेर पाँच एसएसपीलाई खटाइएको हो । काठमाडौंको १० क्षेत्र हेर्न तीन एसएसपी खटिएका छन् । क्षेत्र नम्बर १ देखि ४ सम्म रमेश बस्नेत, ५, ६ र ७ मा अजय केसी तथा ८, ९ र १० मा नवराज अधिकारीलाई खटाइएको छ । त्यस्तै, ललितपुरमा सन्तोष खड्का तथा भक्तपुरमा प्रवीण धिताललाई हटाइएको […]

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ। दिउँसो करिब ४:५० बजे Pokhara Metropolitan City–९, चिप्लेढुङ्गास्थित पार्किङ क्षेत्रमा दुई जना महिलामाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीद्वारा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा पार्किङ शुल्क […]

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ र उनी भक्तपुरस्थित निवासबाट आइतबार पक्राउ परेका थिए। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको थियो र उनी ४ फागुनमा पक्राउ परेर १३ फागुनमा रिहा […]

error: Content is protected !!