२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

बहुमत र दुई तिहाइ भनेको के हो थाहा पाउनुस,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण २३, २०८२

(१) बहुमत (Simple Majority) भनेको के हो ?
=कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ।
• बहुमत = १३८ जना वा सोभन्दा बढी
बहुमतले निम्न काम गर्न सक्छ।
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानून पास
• बजेट पारित
छोटकरीमा, सरकार चलाउन बहुमत काफी हुन्छ।

(२)दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
=कुल सांसदको २/३ (लगभग ६६.६%) समर्थन हुनु भनेको २/३ बहुमत हो। प्रतिनिधि सभामा, (२७५ × २/३) = १८४ जना सांसद भएमा दुई तिहाइ बहुमत भएको मानिन्छ।
दुई-तिहाइ बहुमतले निम्न कार्य गर्न सक्छ ।
• संविधान संशोधन
• संघीय संरचना, प्रदेश सिमाना जस्ता गम्भीर राष्ट्रिय निर्णय
• शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था
छोटकरीमा, देशको संरचना नै बदल्न दुई-तिहाइ चाहिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(१) बहुमत (Simple Majority) भनेको के हो ? =कुल सांसदको ५०% भन्दा १ जना बढी भए बहुमत मानिन्छ। संघीय प्रतिनिधि सभामा प्रत्यक्ष(१६५) र समानुपातिक(११०)सगित कुल सांसद संख्या २७५ रहेको छ। • बहुमत = १३८ जना वा सोभन्दा बढी बहुमतले निम्न काम गर्न सक्छ। • सरकार गठन • प्रधानमन्त्री चयन • साधारण कानून पास • बजेट […]

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। उनले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ। नेपाली कांग्रेसका अमरसिंह पुन ५ सय ४१ […]

रास्वपाले काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु दर्शना न्यौपानेले खाता खोलिन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ […]

error: Content is protected !!