०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्षम हुनुपर्ने बताएका छन् ।

साम्पाङले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ। तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ। सदनमा जनताका प्रश्न उठ्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ।’

उनले संसदमा जनताका मुद्दा र प्रश्नहरूको स्पष्ट जवाफ दिन सक्ने नेतृत्व आवश्यक रहेको पनि औँल्याएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!