२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

हर्क साम्पाङको स्टाटसमा बालेन शाहको कमेन्ट- सधैँ माया तपाईंलाई रहने छ,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)लाई आफ्नो सधैँ माया रहने प्रतिक्रिया दिएका छन् ।आइतबार सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी फेसबुकमा उल्लेख गरेका थिए । ‘लु अब चाहीँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु । जय माटो, जय देश, जय श्रम संस्कृति,’ हर्कले लेखेका छन् ।

जसको कमेन्टमा आएर बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ ।’२०७९ को स्थानीय तह निर्वाचनमा बालेन र हर्क दुवै स्वतन्त्रबाट ‘लौरो’ चुनाव चिन्ह लिएर लडेका थिए । जसमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा हर्क धरान उपमहानगरपालिकाको मेयर जितेका थिए ।त्यसपछि दुवैजनाबीच सुमधर सम्बन्ध भएको देखिन्थ्यो । तर, भदौको जेनजी विद्रोहयता भने हर्कले बालेनको आलोचना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ। थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी […]

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वनन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ ।  सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको हो । गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन साहबीच सात बुँदे सम्झौता […]

सिराहा । स्वतन्त्र उम्मेदवार फुलदेव ठाकुर घोडामाथि हेल्मेट लगाएर चुनावी मैदानमा उत्रिए। एजेन्डा पनि कम्ता रोचक थिएन—“जितेँ भने सुन–चाँदी सस्तो बनाइदिन्छु, जनतालाई रुखमुनि चौतारा बनाइदिन्छु।” तर नतिजा आयो २५ मत मात्र। अन्त्यमा घोडा पनि अचम्म, उम्मेदवार पनि रुँदै घर फर्किए!

error: Content is protected !!