२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

रास्वापाले दुई तिहाइ ल्याएपनि संविधान र संघीयता फेर्न सक्दैन,कारणहरु के के छन् ?

Logo
ABC-Sanchar प्रकाशित आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । प्रतिनिधिसभामा मात्रै दुईतिहाइको बहुमत ल्याएर संविधान संशोधन गर्न सकिदैन । संशोधनका लागि राष्ट्रिय सभाको मतपनि चाहिन्छ । संघीय संसदको दुई तिहाइको बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। यो भनेको दुवै सदनको बैठक एकैठाउँ बसेर त्यसको दुई तिहाइ भनेको हो ।

संविधान संशोधनमा मात्रै होइन, केही अन्तर्राष्ट्रिय सन्धि, सम्झौता पारित गर्न पनि दुवै सदनको दुई तिहाइ बहुमत जरुरी हुन्छ। प्रदेशका सीमा, अधिकारका विषय परिवर्तन गर्न पाँच वटा प्रदेशका संसद्‌बाट अजेन्डा स्वीकृत गरेर संघीय संसदको दुई तिहाइले पारित गर्नुपर्छ। तर, राष्ट्रिय सभा र प्रदेशसभामा परम्परागत राजनीतिक दलहरूकै वर्चस्व छ। रास्वपा छैन नै । यसका लागि अब प्रदेश र स्थानीयको चुनाव भएर त्यहाँपनि रास्वपाको बहुमत आउनुपर्छ । त्यतिले मात्र पुग्दैन । राष्ट्रिय सभामा हरेक दुई बर्षमा कार्यकाल सकिदै चुनाव भइरहेको हुन्छ ।

 

मतदाता प्रदेशका सांसद र पालिका जनप्रतिनिधि हुन् । यसैले अस्ति मात्र भएको चुनावमा रामकुमारी झाँक्रीहरु जस्ता पुराना दलका क्याडर त्यहाँ बसेका छन् । ०८४ को स्थानीय र प्रदेशको चुनाव अघि अझै पुरानै दलका सांसद चुनिन्छ । उनीहरुको कार्यकाल सकिन अर्को दुई बर्ष लाग्छ । राष्ट्रिय सभासहितको दुई तिहाइ पुर्याउँदा रास्वपाको ५ बर्षीय कार्यकाल सकिन्छ । यसैले यो मतले मात्र भन्दापनि राष्ट्रिय सहमतिको राजनीति नै अझै घुम्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष नेताबिचको छलफल जारी रहेको स्रोतले जनाएको छ । भेटका क्रममा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ। थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । ‘पार्टीको पराजयको जिम्मेवारी […]

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आक्रामक परिणाम निकालेको राष्ट्रिय स्वनन्त्र पार्टीभित्र जनता अल्मलिने धारणा आउन शुरु भएको छ ।  सबै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम नआउँदै पार्टीभित्र नयाँ प्रधानमन्त्री बन्ने र बनाउने विषयलाई लिएर अन्यौल उत्पन्न भएको हो । गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन साहबीच सात बुँदे सम्झौता […]

सिराहा । स्वतन्त्र उम्मेदवार फुलदेव ठाकुर घोडामाथि हेल्मेट लगाएर चुनावी मैदानमा उत्रिए। एजेन्डा पनि कम्ता रोचक थिएन—“जितेँ भने सुन–चाँदी सस्तो बनाइदिन्छु, जनतालाई रुखमुनि चौतारा बनाइदिन्छु।” तर नतिजा आयो २५ मत मात्र। अन्त्यमा घोडा पनि अचम्म, उम्मेदवार पनि रुँदै घर फर्किए!

error: Content is protected !!