०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

तुलसीपुर महोत्सवबाट हेलिकोप्टरमा उडे दाङका सुरक्षा प्रमुखहरु

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

(एबिसी संचार)
दाङ माघ १४ तुलसीपुर महोत्सवमा दाङका जिल्लाका उच्च सुरक्षा प्रमुखहरु हेलिकोप्टरमा उडेका छन् । मंगलवारदेखि सुरु भएको हेलिकोप्टर भ्रमणको उद्घाटन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी रिजाल, दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराई, अनुसन्धान विभागका जिल्ला प्रमुख टेकराज तिमिल्सिना र यातायात व्यवसायितका नेता भरतनाथ योगीले पहिलो फ्लाईट गरेका हुन ।
भ्रमण वर्ष मनाईरहदा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उदेश्यले हेलिकोप्टरको यात्रा गर्नेलाई मध्यनजर गरेर हेलिकोप्टर ल्याइएको आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत विरुले बताए । यसैबीच हेलिकोप्टर यात्राको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले त्यसले आन्तरिक पर्यटनलाई सहयोग पुग्ने दाबी गरे । हेलिकोप्टर मार्फत दाङसहित छिमेकी जिल्लाहरुका प्रमुख पर्यटकीय स्थलहरुको भ्रमण गर्न सकिने जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]