०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ,

Logo
ABC (भन्डाफोर) प्रकाशित शुक्रबार, चैत्र ०६, २०८२

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ,

कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बेच्ने निर्णय गरेसँगै त्यसको प्रभाव हुम्लामा पनि परेको छ । हुम्लामा प्रभाव मात्रै नभई ग्यास सिलिन्डरको दुरुपयोग गर्दै आएका छन् । सिमकोट बजारमा आधा सिलिन्डरलाई एक हजार छ सय रुपैयाँसम्म उपभोक्ताले तिर्ने गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएपछि उपभोक्ताको बाध्यता र पीडालाई बेवास्ता गर्दै केही पसलेले मौकाको फाइदा उठाउँदै खुलेआम महँगो मूल्यमा ग्यास बेचेका हुन् । जसले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेको र दैनिकीलाई झनै कष्टकर बनाएको स्थानीय ऐटन रावलले गुनासो गरे ।

त्यस्तै सिमकोट गाउँपालिका–६ की सुनिता महत रावतले आधा सिलिन्डरको एक हजार छ सय रुपैयाँ तिर्नुपर्दा आफूहरू गम्भीर समस्यामा परेको गुनासो गरे । दैनिक जीवन धान्नै मुस्किल भएको बेला यस्तो चर्को मूल्यमा ग्यास किन्नुपर्दा निकै पीडा भएको स्थानीयले गुनासो गरेका छन् । उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बजारमा यसरी कालोबजारी गर्न नमिल्ने बताए । उनले पहिलो पटक मूल्य थपघट गर्ने व्यवसायीलाई सचेत गराएको र यस्तो गरेको पाइएमा नियम अनुसार कारबाहीसमेत हुने जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

ग्यासको चरम अभाव भएको बेला आधा ग्यासको मुल्य १६ सय उपभोक्तामाथि थप आर्थिक बोझ, कर्णाली । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर […]

error: Content is protected !!