०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ०७, २०८२

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल,

काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ।

भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले देशको कुनै पनि ठाउँमा काम गर्न पाउने अधिकार रहेको भन्दै खेद प्रकट गरेका छन्। उनीहरूले प्रश्न गरेका छन्, ‘प्रहरीलाई त मधेशी भएकै कारण यसरी हेपिन्छ भने, सर्वसाधारण मधेशीले कति अपमान सहनुपर्ला ?’

भिडिओ १९ मार्च बिहान ७:२५ मा ‘Madhesh poeple’ नामको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो। भिडियोमा महिलाहरूले भनेको सुन्न सकिन्छ, “हामीलाई नि कारबाही गर्नु तर उहाँलाई यहाँ बस्न दिँदैनौँ। सरुवा एनिहाउ हामी गर्छौँ, त्यति हो ल।”

क्यामेरा पछाडिबाट केही पुरुषले प्रहरीलाई प्रश्न गरेका छन्: “तपाईँको नाम चाहिँ के हो? के हो पूरा नाम?”
पृष्ठभूमिबाट प्रहरीसँगै बसेका व्यक्तिले भनेका छन्: मणिकान्त झा।
पुरुष: “झा? जाऊ उतै मधेशतिर अब।”
प्रहरी इन्स्पेक्टरले हात जोड्दै भनेका छन्: “हजुर हस्।”
पुरुष: “आफ्नै घरतिर, सजिलो पनि हुन्छ।”
अर्का पुरुष: “के छ र खेतीपाती छैन र?”
पुरुष: “तपाईँले खेती-किसानी गरेर बस्नुस् न, ट्राफिकमा काम छैन।”

भिडिओमा ‘Online news’ को लोगो देखिएको छ। भिडियो १ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ।

भिडिओ हेरेर सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्णप्रसाद पाण्डेले लेखेका छन्, “यसरी हेप्नु राम्रो होइन। उहाँ नेपाली हो, नेपालभरि जागिर खान पाउने अधिकार छ। अपशब्द बोल्नेलाई कारबाही होस्।”
नवराज तिवारीले पनि उक्त भिडिओमा बोल्ने व्यक्तिहरूलाई कारबाहीको माग गर्दै संवैधानिक अधिकारको कुरा गरेका छन्। कतिपय प्रयोगकर्ताले भने भिडिओ छोटो भएकाले वास्तविक विवादको कारण नखुलेको तर जात र भूगोलका आधारमा गरिएको टिप्पणी पूर्ण रूपमा गलत भएको बताएका छन्।

नेपाल यादव युवा संघले पनि भिडियोमा गरिएको व्यवहारको विरोध जनाएको छ। उनीहरूले लेखेका छन्, “कुन जात हो? झा हो? ए ल ल, मधेश तिरै जा, खेतीपाती गर! — यस्तो सोच र शब्दहरू आज पनि जिउँदै छन्। यो केवल मजाक होइन, यो गहिरो विभेद हो। यो केवल शब्द होइन, पहिचानमाथिको प्रहार हो। आखिर कहिलेसम्म हामीले यस्तो अपमान सहिरहने?”

भिडिओको वास्तविकता हेर्दा:

भिडियो २५ मे २०२१ मा ‘Online news’ मा सार्वजनिक भएको थियो सो समयमा नेपालमा कोभिड-१९ दोस्रो लहर चलेको थियो।

भिडियोमा ज्वाला सङ्ग्रौला, शर्मिला वाइबा र अन्य टोली राहत सामग्री लिएर नुवाकोट जाँदै थिए। टोली र ट्राफिक प्रहरी असई मणिकान्त झा बीच विवाद भएको हो। निरीक्षक रविन्द्र कुमार श्रेष्ठले टोली र असई झालाई सम्झाउँदै परिस्थितिलाई सम्हाल्ने प्रयास गरेका थिए।

भिडिओमा देखिएको अभिव्यक्ति केवल असई झा र टोलीबिचको वि’वादमा केन्द्रित थियो। तर अहिले भाइरल क्लिपले प्रहरीलाई जातीय आधारमा हेपिएको जस्तो देखिएको छ।

सो भिडियो करिब पाँच वर्ष पुरानो भए पनि अहिले सामाजिक सञ्जालमा पुनः चर्चा भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ । महाराजगन्जको वडा नं। २ र ३ को सीमा […]

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

error: Content is protected !!