१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

खाली पेटमा फलफूलहरु खानु स्वास्थ्यको लागि निकै लाभदायक फलफुलले पाचन स्वास्थ्य राम्रो हुने,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, चैत्र १७, २०८२

काठमाडौं । शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै रोगहरुबाट पनि बचाउँछ । खाली पेटमा फलफूलहरुको सेवन गर्नु स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । खाली पेटमा खाएको फलफुलले पाचन स्वास्थ्य राम्रो हुन्छ । कब्जियतबाट छुटकारा पाइन्छ । जान्नुहोस् कुन—कुन फल खाली पेटमा खाँदा राम्रो हुन्छ । १. किबी किबी बिहान खाँदा धेरै फाइदा हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसले पाचनतन्त्र स्वस्थ राख्दछ । डेंगुको बिरामीको लागि किबी निकै लाभदायक छ । २. स्याउ स्याउ स्वास्थ्यका लागि बरदानभन्दा कम छैन । यसले तौललाई कन्ट्रोल गर्दछ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यदि तपाईं कब्जियतको समस्यामा हुनुहुन्छ भने बिहान खाली पेटमा नियमित स्याउ खानुहोस् । ३. अम्बा अम्बा खाली पेटमा खानु ज्यादा फाइदाजनक हुन्छ । यसमा भएको फाइबरले कब्जियतबाट राहात दिन्छ । यसमा बिटा क्यारोटिन पनि पाइन्छ । जसले आँखाको स्वास्थ्य राम्रो बनाउँछ । ४. अनार अनारमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट र एन्टीइफ्लामेटरीको गुण पाइन्छ । अनारलाई खाली पेटमा खाँदा धेरै फाइदा हुन्छ । यसले शरीरमा हुने आइरनको कमीलाई पूरा गर्छ । ५. मेवा बिहान खाली पेटमा मेवा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यो फल बिहान बिहान खाली पेटमा खाँदा स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ । यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । साथै, कोलस्ट्रोलको लेवल पनि कम हुन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै […]

काठमाडौं । प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। गर्मीका दिनहरूमा पसिनाको माध्यमबाट शरीरबाट पानी र आवश्यक खनिजहरू निरन्तर बाहिर निस्कने गर्दछन्, जसले गर्दा डिहाइड्रेशन (पानीको कमी) को जोखिम बढ्छ। यस्तो बेला नरिवल पानीले प्राकृतिक ड्रिंकको रूपमा काम गर्छ र शरीरलाई […]

बाँके । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी […]

error: Content is protected !!