दाङ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङले आज दाङका आयुर्वेद स्वास्थ्यकर्मी प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको अध्यक्षता एवम् राप्ती आयुर्वेद चिकित्सालय, तुल्सीपुरका प्रमुख डा. मदन कुमार बी सीको प्रमुख आतिथ्यता तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज , लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष मोहनसिंह सुनार र ADAN लुम्बिनीका सम्योजक डा . कैलाश न्यौपाने द्वयको बिशिस्ट आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले घोराही उपमहानगरपालिकामा कार्यरत वरिष्ठ कविराज निरीक्षक (सातौं तह) डा. शारदा गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिती चयन गरेको छ ।
जस्को उपाध्यक्षमा प्रसङ्ग योगी, सचिवमा रिशिराज शर्मा , कोशाध्यक्षमा मनिसा चौधरी , सदस्यहरुमा बिश्नु प्रसाद पन्थी, रजनी रावत, जुद्द बहादुर चौधरी , खगेन्द्र खड्का र नवराज डागी रहनुभएको छ । सो अधिबेशनमा आयुर्वेद औसधि व्यवसायी संघ दाङका अध्यक्ष डा.केशव न्यौपाने, संघका पुर्व अध्यक्ष प्रकाश अधिकारी , मातामनकामना आरोग्यका सन्चालक डा . सन्तोस गौतम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । समाज दाङका उपाध्यक्ष रिशिराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बेलाराम भण्डारीले गर्नुभएको थियो ।