बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जना बुढा मगरको जली मृत्यु प्रकरणमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतका अनुसार थप दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो ।
२०८२ साल चैत १४ गते राति करिब ११ः ३५ बजे नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा सोही स्थानकी २२ वर्षीया सिर्जना बुढा मगरको जली मृत्यु भएको घटनापछि अनुसन्धान सुरु गरिएको थियो। घटनासम्बन्धी मृतकका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त सिर्जनाका प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीलाई यसअघि नै नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको थियो । घटनापछि फरार रहेका आरिफ ढपालीका बुवा र भाइलाई भने प्रहरी टोलीले सोमवार भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा ५० वर्षीय रहमत ढपाली र २१ वर्षीय मो आदिल ढपाली रहेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा रहमत र आदिललाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । रहमतले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै श्रीमति र आफ्ना सन्ताको रिहाइ माग गरेका थिए । त्यसमा उनले श्रीमति र छोराछोरीलाई प्रहरीले हिरासतमुक्त गरे आफु प्रहरीमा आत्मसमपर्ण गर्ने बताएका थिए ।
त्यही भिडियोको आधारमा प्रहरी उनीसम्म पुग्न सफल भएको स्रोतले बताएको छ । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र घटनाको थप विवरण क्रमशः सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रमुख अनुसन्धानमा अब्बल एसपी अंगुर जिसीले यो घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धानलाई थप व्यापाक बनाइरहेका छन् ।
अपराधन अनुसन्धानमा काविल जिसीको कमाण्डले बाँकेका आमनागरिकले शान्तिको अनुभूति गरिरहेका छन् भने अपराधिक पृष्ठभूमिका मानिसहरुको भागदौड नै मच्चिएको सुरक्षावृत्तमा चर्चा चलेको छ ।