२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

बाँकेमा दुर्घटना न्यूनीकरण गर्न १० ठाँउमा जनचेतनामुलक बोर्डहरु राखियो….

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १६ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले सवारी दुर्घटना न्युनिकरण तथा सडक सचेतनाका लागि कोहलपुर देखि नेपालगन्ज सम्मको सडकहरुमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखेको छ। G.V.N


CLZ को सहयोगमा रहेको जम्मा १० वटा ट्राफिक नियम जनचेतना मुलुक बोर्डहरु कोहलपुर देखि नेपालगन्ज सडकखण्डमा राखिएको छ । तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोहरुमा ट्राफिक नियमको बोर्डहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त बोर्डहरु बिहीबार राखिएको हो ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ । बाँके जिल्ला ट्राफिक प्रमुख बमका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा बाँके जिल्लाभर बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको पहिचान गरी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि बोर्डहरु राख्ने योजना समेत रहेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!