२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

१०० रुपैयाँको समानमा जमुनाह नाकामा भन्सार कडाई,गरेपछी रुपैडिहा बजार सुनसान बन्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०७, २०८३

बाँके । नेपाल भारत सीमास्थित जमुनाह नाकामा सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधान कडाइका साथ कार्यान्वयन हुन थालेपछि नेपाली ग्राहकहरू सीमापार किनमेल गर्न हच्किएका छन् । यसको प्रत्यक्ष असर भारतीय सीमावर्ती बजार रुपैडिया मा देखिएको छ, जहाँ पछिल्ला केही दिनयता व्यापार उल्लेख्य रूपमा घट्दै बजार सुनसानजस्तै बन्न थालेको छ ।

सरकारले भन्सार महसुल ऐन, २०८१ को दफा १३ उपदफा (३) अनुसार जेठ १५ गतेदेखि यात्रुले ल्याउने सय रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेको थियो । प्रारम्भिक चरणमा यसको प्रभावकारी कार्यान्वयन हुन नसके पनि अहिले भने सम्बन्धित निकायले कडाइका साथ नियम लागू गर्न थालेका छन् ।

विशेषगरी नेपाली सुरक्षाफोर्सले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउँदै भन्सार असुलीमा कडाइ गरेको छ । सानो परिमाणका सामान किन्दा पनि भन्सार तिर्नुपर्ने भएपछि सीमापार किनमेलमा जाने नेपाली उपभोक्ताको संख्या घटेको स्थानीय व्यवसायीहरू बताउँछन् ।

स्थानीय बासिन्दा रामबहादुर थापा भन्छन्, “पहिले त दैनिकजसो रुपैडिहा गएर घरायसी सामान किन्थ्यौं । अहिले सानो सामान ल्याउँदा पनि भन्सार तिर्नुपर्छ भन्ने भएपछि जानै मन लाग्दैन । खर्च झन् बढ्ने भयो ।”

त्यस्तै, नेपालगञ्जकी सीता वलीका अनुसार नियम कडाइपछि सीमापार किनमेलको आकर्षण घटेको छ । “अहिले त नेपालमै किन्नु राम्रो लाग्न थालेको छ । उताबाट सस्तो पाइन्थ्यो तर भन्सार तिरेपछि खासै फरक नपर्ने भयो,” उनले भनिन् ।

स्थानीयका अनुसार पहिले दैनिक रूपमा किनमेलका लागि रुपैडिहा पुग्नेहरूको भीड बाक्लो हुने गर्थ्यो । तर अहिले त्यस्तो चहलपहल हराउँदै गएको छ । यसले सीमावर्ती व्यापारमा प्रत्यक्ष असर पारेको व्यवसायीहरूको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!