२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हराएको पिलर राख्ने विषयमा सुरक्षा प्रमुखहरुको छलफल

Logo
प्रकाशित शुक्रबार, माघ १७, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १७ नेपाल र भारतका अधिकारीहरुले हराएको पिलरको विषयमा छलफल गरेका छन् ।
भारतको नानपारामा भएको सीमावर्ती जिल्लाका अधिकारीहरुको बैठकले हराएको ठाउँमा पिलर राख्ने, जीर्ण भएकालाई मर्मत गर्ने विषयमा छलफल गरेका हुन् ।
बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच र श्रावस्तीका अधिकारीहरु बैठकमा थिए । दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले सीमा स्तम्भ व्यवस्थित गर्ने कुरामा छलफल भएको जानकारी दिनुभयो । बाँकेको मात्रै भारतसँग ६५ किलोमिटर सीमा क्षेत्र पर्छ । त्यहाँ मुख्य र सहायक गरी ३ सय ७ वटा पिलर छन् । ३२ वटा मुख्यमत्तये चार वटा खोलाले बगाएको छ भने एउटा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । २ सय ७५ वटा सहायक पिलरमध्ये १८ वटा मर्मत गर्नुपर्ने, दुई वटा पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेका छन् । ५ वटा सहायक पिलर खोलाले बगाएको छ ।
नेपाल र भारतका संयुक्त टीमले केही महिनादेखि दशगजाको सर्वे गरिरहेको छ । बैठकमा फिल्ड सर्वे टीमका सदस्यको उपस्थिति थियो ।
बैठकमा बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी सशस्त्र, प्रहरी नेपाल प्रहरी र अनुसन्धानका एसपी, वन र नापी कार्यालयका प्रतिनिधि सहभागी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!