१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

हराएको पिलर राख्ने विषयमा सुरक्षा प्रमुखहरुको छलफल

Logo
प्रकाशित शुक्रबार, माघ १७, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके माघ १७ नेपाल र भारतका अधिकारीहरुले हराएको पिलरको विषयमा छलफल गरेका छन् ।
भारतको नानपारामा भएको सीमावर्ती जिल्लाका अधिकारीहरुको बैठकले हराएको ठाउँमा पिलर राख्ने, जीर्ण भएकालाई मर्मत गर्ने विषयमा छलफल गरेका हुन् ।
बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच र श्रावस्तीका अधिकारीहरु बैठकमा थिए । दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले सीमा स्तम्भ व्यवस्थित गर्ने कुरामा छलफल भएको जानकारी दिनुभयो । बाँकेको मात्रै भारतसँग ६५ किलोमिटर सीमा क्षेत्र पर्छ । त्यहाँ मुख्य र सहायक गरी ३ सय ७ वटा पिलर छन् । ३२ वटा मुख्यमत्तये चार वटा खोलाले बगाएको छ भने एउटा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । २ सय ७५ वटा सहायक पिलरमध्ये १८ वटा मर्मत गर्नुपर्ने, दुई वटा पुननिर्माण गर्नुपर्ने अवस्थामा रहेका छन् । ५ वटा सहायक पिलर खोलाले बगाएको छ ।
नेपाल र भारतका संयुक्त टीमले केही महिनादेखि दशगजाको सर्वे गरिरहेको छ । बैठकमा फिल्ड सर्वे टीमका सदस्यको उपस्थिति थियो ।
बैठकमा बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी सशस्त्र, प्रहरी नेपाल प्रहरी र अनुसन्धानका एसपी, वन र नापी कार्यालयका प्रतिनिधि सहभागी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!