२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

भैरहवामा भ्यान र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६

(सिमा गुरुङ)
भैरहवा माघ १८ रुपन्देहीमा गएराती लु.३८प. ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–१० मा रातको सवा ९ बजे भएको उक्त घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय चालक प्रकाश भट्टराई उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भ्यान चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]