२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भैरहवामा भ्यान र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६

(सिमा गुरुङ)
भैरहवा माघ १८ रुपन्देहीमा गएराती लु.३८प. ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका–१० मा रातको सवा ९ बजे भएको उक्त घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय चालक प्रकाश भट्टराई उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भ्यान चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]